‘महान् जनयुद्धलाई सम्झिदा’

टक बहादुर घर्ती (मुनाल)


“गुमाउनका लागि एउटा हत्कट्टी र नेल, पाउनका लागि सिगो संसार” यो हो, माओवादी आदर्श र समसमायिक नारा अथवा घोषित राज्यलाई चुनौती ।

२०५२ साल फागुन १ का दिन रुकुमको राडी, रोल्पाको होलेरी र रामेछापको बेथान प्रहरी चौकीमा एकसाथ एकरात, सामन्त, सुदखोरमाथीको हमला अनि महान् जनयुद्वको शंखघोष भएको दिन थियो । सामान्य कटास र घुङ्गारुको लठ्ठी, खुकुरी र भरुवा बन्दुकबाट शुरुभएको जनयुद्व साँच्चिकै अर्थमा जनताको मुक्ति युद्वको रुपमा छोटै समयमा अपार सफल्ताका साथ संम्पन्न भएको हो ।

दिर्घकालिन जनयुद्वको रणनीति अनुरुप ‘गाऊँबाट शहर घेर्ने’ योजनाकासाथ किसान, मजदुर, बिद्यार्थी र शिक्षकहरु मार्फत विद्रोह गरेर गाऊँ–गाऊँमा सामन्त, जालि फटाह र सुदखोरहरुका बिरुद्व एउटा ससक्त र सशस्त्र संगठित विदोह्र गरेको ईतिहाँस थियो १० वर्षे जनयुद्व ।

No description available.

‘गाऊँबाट शहर घेर्ने’ योजनाका साथ किसान, मजदुर, बिद्यार्थी र शिक्षकहरु मार्फत विद्रोह गरेर गाऊँ–गाऊँमा सामन्त, जालि फटाह र सुदखोरहरुका बिरुद्व एउटा ससक्त र सशस्त्र संगठित बिद्रोह गरेको ईतिहाँस थियो १० वर्षे जनयुद्व ।

समाजमा अर्कै थियो ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने सलोगण (नारा) जनता वा आम सर्वसाधारणहरु माझ दिएर एकतन्त्रिय शासन ब्यवस्था कायम राखेका राजाले प्रजा–रैतीलाई भनेर एक मात्र (सुचना संचार) रेडियो नेपाल र नेपाल टेलिभिजनबाट एकलौटी राजकिय बखान सुनेको भरखरै झै लाग्छ ।

राजपरिवारको जन्मदिन, बिवाह–बर्तवन्ध र राजकिय भ्रमण जस्ता प्रचार उत्सव नै हाम्रा वाक स्वतन्त्रताका श्रोत थिए । स्कुलमा सरस्वति स्तुतिगान र स्वस्थानि हिन्दु भजनकृतन र तिज–पञ्चमीमा दिदिबहिनिहरुको बिलौना गित बाहेक अन्य मौलिक साँस्कृतिक प्रचलन नचलाईएको हाम्रो पछौटे समाजमा, जातिय भेदभाव देखि लैंगिक विभेद यति जर्जर थियो, अहिले पनि सहि नसक्नुका दुष्परिणाम छन भने, गुपचुपका घट्ना र नाईके ठालुका न्याय नजिरमा कैयन बिभेदपुर्ण काण्ड पंञ्चौलिमा मिलाईए ।

पंञ्चायतकालका पञ्च र पञ्चौली खानु पर्छ भन्ने मान्यता अझै पनि गाऊँघरमा यदाकता चलेको देखिन्छ । गाऊँघरका कचहरीमा प्रधान–मुखियाहरुको आगमन हुना साथ आँख्खि ईसारामा न्याय दिने चलन सामान्य थियो । राजा त ती बडाराजा, शासन चलाउने काठमाडौं राजाको अर्कै हैकम छदैं थियो र गाऊँले राजाको रवाफ, दवाफ र शासन त झन खफि नसक्नु कै थियो । भनि र गनि साध्य छैन कठै ।

शाही परिवार च्यथब िाबmष्थि अहिले पनि नाम सुन्दा झसंग मन हुन्छ । रोएल फेमली, रोएल आर्मी, रोएल यातायात, रोएल होटेल, रोएल वायु सेवा, रोयल निकुञ्ज आदि ईत्यादी । बाफरे अहिले नि कता–कता देख्न पाईन्छ । हुकम र प्ररमादेश अनि बक्सियोस शव्दहरु उतिवेला अचाक्लि लोकप्रिय शब्द हुन, उनै राजाका प्रधान, मुखिया, काजी, डिठ्ठा र घाटबुरा, कट्टवालेले चलाएको समाज अथवा देश हो नेपाल ।

गाऊँघरका कचहरीमा प्रधान–मुखियाहरुको आगमन हुना साथ आँख्खि ईसारामा न्याय दिने चलन सामान्य थियो । राजा त ती बडाराजा, शासन चलाउने काठमाडौं राजाको अर्कै हैकम छदैं थियो र गाऊँले राजाको रवाफ, दवाफ र शासन त झन खफि नसक्नु कै थियो । भनि र गनि साध्य छैन कठै ।

No description available.

शाही परिवार Royal family अहिले पनि नाम सुन्दा झसंग मन हुन्छ । रोएल फेमली, रोएल आर्मी, रोएल यातायात, रोएल होटेल, रोएल वायु सेवा, रोयल निकुञ्ज आदि ईत्यादी । बाफरे अहिले नि कता–कता देख्न पाईन्छ । हुकम र प्ररमादेश अनि बक्सियोस शव्दहरु उतिवेला अचाक्लि लोकप्रिय शब्द हुन, उनै राजाका प्रधान, मुखिया, काजी, डिठ्ठा र घाटबुरा, कट्टवालेले चलाएको समाज अथवा देश हो नेपाल ।

जब कट्टवालेले फर्मान जारी गर्थे गाऊँका सबै गाऊँले भेला भएर गाऊँले राजाको आदेश के छ ? राजाका साउने खेत स्याहार्नु पर्ने हो कि ? या त भदौरे पाखोबारी कोदो गोडमेल गर्नुपर्ने हो । कटुवाले ले बिगुल फुके पछि संन्नाटामय गाऊँमा प्रजाहरुको कानेखुशि हुन थाल्थ्यो ।

राजाहरुको अन्नवाली छरबता र घरभित्र नगराई, आफ्नो कोदोमेलो सार्नु भनेको छोटे राजाहरुको बर्खिलाव झै फौजदारी दण्डनिय काम हुन्थ्यो उसवेला । हुन त मनाङ्ग मुस्ताङबाट कालो सिमि र जुम्ली धानको भात लगायत देशभरबाट काठमाडौंमा रासन पुर्याउने र शासन चलाउने सास्ति गाउँले राजाको पनि चानचुने चुनौती थिएन । शोषन, उत्पीडन र मारमा थिए उनै प्रजा रैती अथवा निरीह जनता ।

No description available.
जब कट्टवालेले फर्मान जारी गर्थे गाऊँका सबै गाऊँले भेला भएर गाऊँले राजाको आदेश के छ ? राजाका साउने खेत स्याहार्नु पर्ने हो कि ? या त भदौरे पाखोबारी कोदो गोडमेल गर्नुपर्ने हो । कटुवाले ले बिगुल फुके पछि संन्नाटामय गाऊँमा प्रजाहरुको कानेखुशि हुन थाल्थ्यो । राजाहरुको अन्नवाली छरबता र घरभित्र नगराई, आफ्नो कोदोमेलो सार्नु भनेको छोटे राजाहरुको बर्खिलाव झै फौजदारी दण्डनिय काम हुन्थ्यो उसवेला ।

हुन त मनाङ मुस्ताङबाट कालो सिमि र जुम्ली धानको भात लगायत देशभरबाट काठमाडौंमा रासन पुर्याउने र शासन चलाउने सास्ति गाउँले राजाको पनि चानचुने चुनौती थिएन । शोषन, उत्पीडन र मारमा थिए उनै प्रजा रैती अथवा निरीह जनता ।

जब बहुदलिय र निर्दलिय ब्यबस्था बीचको संघर्षबाट ‘संबैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्र’ हुँदै कांग्रेस र एमाले तत्कालिन संसदवादी दलका अगुवा पार्टीहरु हुन । त्यसमध्ये नाईके पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नै थियो । त्यो संसदवादी पार्टीका प्रभावशाली पात्र तथा नेताहरु थिए रेडियो नेपालमा चर्चित नाम आईरहने शेर बहादुर देउवा, लोकेन्द्र बहादुर चन्द, सुर्य बहादुर थापा ।

No description available.

संबैधानिक राजतन्त्रमा कबुलियत के थियो भने, बहुदलिय ब्यवस्था मानिदिनुपर्ने, राजाको हुकुम बमोजिम रुचाईएका प्रधानमन्त्री र अन्य मन्त्री बन्नु पर्ने, शासन–प्रशासन राजाकै चल्ने तर जनताको एजेण्ट भएर दलका प्रतिनिधि पार्टीले काम गरिदिनु नै यसको मुल मक्सत थियो । संबैधानिक राजा र बहुदलिय प्रजातन्त्रको नामधारी प्रक्रियाले जनतालाई कुनै सकारात्मक संन्देश प्रवाह गर्न सकेन । बरु जनयुद्वको पुर्वारार्धमा र राजकिय शासनको उत्तारार्धमा जनबिद्रोहको महाअभियान आरम्भ भयो ।

संबैधानिक राजा र बहुदलिय प्रजातन्त्रको नामधारी प्रक्रियाले जनतालाई कुनै सकारात्मक संन्देश प्रवाह गर्न सकेन । बरु जनयुद्वको पुर्वारार्धमा र राजकिय शासनको उत्तारार्धमा जनबिद्रोहको महाअभियान आरम्भ भयो ।

शुरु भयो जनयुद्व । किन ? कहाँबाट ? कहिले ? कसरी ? कस्तो अबस्थामा छ त अहिले ? पटक–पटक माओवादी ईतिहाससँग संम्वन्धित भएर सवाल–जवाफ समाजले खोजीरहेको छ । माथि उल्लेखित तथ्य र पृष्ठभुमिबाट शुरुवात भई ग्रामिण बर्गसंघर्ष, ससस्त्र संघर्ष हुँदै हालसम्म एकात्मक राजतन्त्रको अन्त्यगरी गणतन्त्र स्थापना गर्ने भुमिकासम्म माओवादी राजनितिकै मुलधार र मुद्वामा देश चलिरहेको बिषय अवगत नै छ ।

एउटा सशक्त क्रान्तिकारी पार्टी, नेतृत्व र सहि राजनैतिक कार्यदिशा हुदैनथ्यो त २४० वर्षे एकात्मक राजतन्त्रको अन्त्य संम्भव थिएन । जनताको क्रान्तिकारी पार्टी, जनमुक्ति सेना र जनउत्तरदायी सत्ता अभ्यास गरेर पुरानो राज्यव्यवस्थालाई चुनौती नदिएको भए अहिले संघीय लोकतान्त्रिक गणतन्त्र ब्यवस्थाको जन्म अंसम्भव थियो ।

No description available.

ग्रामिण बर्गसंघर्ष, ससस्त्र संघर्ष हुँदै हालसम्म एकात्मक राजतन्त्रको अन्त्यगरी गणतन्त्र स्थापना गर्ने भुमिकासम्म माओवादी राजनितिकै मुलधार र मुद्वामा देश चलिरहेको बिषय अवगत नै छ । एउटा सशक्त क्रान्तिकारी पार्टी, नेतृत्व र सहि राजनैतिक कार्यदिशा हुदैनथ्यो त २४० वर्षे एकात्मक राजतन्त्रको अन्त्य संम्भव थिएन । जनताको क्रान्तिकारी पार्टी, जनमुक्ति सेना र जनउत्तरदायी सत्ता अभ्यास गरेर पुरानो राज्यव्यवस्थालाई चुनौती नदिएको भए अहिले संघीय लोकतान्त्रिक गणतन्त्र ब्यवस्थाको जन्म अंसम्भव थियो ।

No description available.

यसकारण रोल्पा, रुकुम र जाजरकोटबाट शुरुवात भएको महान् जनयुद्वले देशभर प्रभाव जमाउदै एकपछि अर्काे उचाई हाँसिल गरेको तथ्य हामी सामु घाम जत्तिकै छर्लङ्ग छ । सत्य र तथ्य जतिसुकै तोडमोड गरेपनि परिवर्तनका निम्ति योग्दान गर्ने तमाम क्षेत्रहरु मध्ये उत्पिडित वर्ग, जाति, लिगं र उत्पिडित क्षेत्रहरु नै हुन । ईतिहासले यो वर्गलाई नै नेतृत्व प्रदान गरेर समानुपातिक, समावेशी, धर्म निरपेक्षता र संघियताको मुल धारमा उभिएर संबिधानःत संम्वोधन भएको छ । यी उपलव्धिको रक्षा, प्रयोग र बिकास गर्नुपर्ने दायित्व अझै पनि माओवादी पार्टीकै काँधमा आएको छ ।

बिगत वर्गसंघर्ष र हाल बदलिएको परिस्थिति (प्रबिधि र सुचना संचारमा भएको बिकास र क्रान्ति) अनुसार नेतृत्व गर्नु वा निष्कर्षमा पग्नु अर्काे थप कर्तव्य नै हो । गरिव, निमुखा र मजदुर वर्गका मुद्वाहरु अझै पनि ज्युका त्यु छन । ब्यवस्था बदलिएको छ तर, जनताको अवस्था उस्तै छन । किन फेरी बहस चलेका छन ? जवाफ जरुरी छ ।

No description available.

संघीयतालाई ब्यवस्थित गरि राजनैतिक र प्रशासनिक ढंगले चलाउनु, समावेशिको आधारमा सबैको अपनत्व हुने गरि तीन तहका सत्ता संचालन गर्नु, जातजाति बिबिध धर्महरुको काम कर्तव्यकाबारेमा ब्यवस्थापन गर्नु लगायतका राज्य पुनःसंरचना भित्र संवैधानिक र कानुनी कामकारवाही भएका छन । राजनैतिक संक्रमणकालिन समयको एक चरण पार गरेर देशले सामाजिक समृद्विको चरणमा प्रवेश पाएको छ ।

यसबेला स्थानिय तहदेखि प्रदेश हुँदै संघसम्म निर्वाचित जनप्रतिनिधिले जनताको रायसल्लाह अनुसार भौतिक पुर्वाधारका थुप्रै कामहरु अघि बढाएका छन । तथापि उत्पादनशिल र जनजिविकाका सवालहरु संम्वोधन हुन सकिरहेका छैनन । प्रत्यक्ष जनजिवनलाई उत्पादनमा जोडेर आयस्तर बढाउनु तत्तकालिन आबश्यक्ता बनिरहेको छ ।

No description available.

अबका दिनमा यत्तिले मात्रै पुग्दैन । आगामी निर्वाचनमा जनताका बाँकी मुद्वाहरुलाई पूरा गर्ने गरी चुनावी घोषणा पत्रमा लेख्नका लागि लेख्ने एजेण्डा मात्रै होईन कि कार्यन्वयन गर्ने गरी स्वघोषणाका साथ अगाडी बढ्न जरुरी छ ।

जनयुद्व र जनआन्दोलनका तमाम म्याण्डेटहरुलाई पूरा गर्नु नै महान शहिद, घाईते र बेपत्ता यौद्वाहरुहरु माथीको सम्मान हुनेछ । यो बाहेक राजनैतिक प्रतिनिधिका अगाडी अरु कर्तव्य गौण हुन । अहिलेसम्म देश माओवादीको राजनैतिक योजना र कार्यक्रममा हिडिरहेको संन्दर्भमा अन्य दल वा पार्टीले लिने कार्यदिशा भन्दा माओवादी पार्टीले लिने कार्यदिशा असाध्यै महत्वपुर्ण बनिरहेको छ । बिगत ईतिहासका बिबिध कालखण्ड र बर्तमान अबस्थालाई नियालेर हेर्ने हो भने, कतिपय मुद्वामा अलिक विश्राम लिने पो हो कि ?

No description available.

वर्ग छोडेर संघर्ष छोडेर संझौता, समुन्वयमा माओवादी पार्टीले धोका पाउने हो कि ? यावत चिन्ता र चासोका बाबजुद माओवादी सहानुभुती नै समाजमा ब्याप्त छ । यस बिषयमा देखिने गरी जनसरोकार, जनचासोमा नेतृत्व टिमबाट नै त्याग, समर्पण र निरन्तरता दिएर जनबिस्वास पैदा गरी आगामी दिनहरुमा माओवादी पार्टीले लिने रणनीति र कार्यनीति सफल हुनेछ । फेरी पनि माओवादी एकता सुदृढ र ब्यवस्थित हुनेछ । आशातित सर्वहारा बर्गिय बिचारहरु केन्द्रित बन्नेछन । समाजवादी कार्यदिशामा आदर्श र निष्ठावान नेताहरु जन्मिने छन र निरन्तर क्रान्ति अघि बढ्नेछ ।

No description available.

वर्गबिरोधिहरु बिभाजन हुनेछन । राजा महाराजा बन्ने सपनाहरुले हार्ने छन । एकात्मक शासन र दृष्टिकोण राख्नेहरु भाग्नेछन । प्रतिगामी र पश्चगामीहरुका संगठन भत्कने छन् । अन्तिममा तथ्य र सत्यताको बिजय अवश्यम्भावी हुनेछ । नेपालमा उत्कृष्ट संघीय लोकतान्त्रिक गणतन्त्रको अनन्तकाल रहनेछ ।

२०७८ माघ २९ सुर्खेत

(लेखकः–पूर्व जनमुक्ति सेना नेपालका कमाण्डर तथा हाल नेकपा (माओवादी केन्द्र) को कर्णाली–काठमाडौं सम्पर्क समिति सदस्य हुन् ।)

तपाईको प्रतिक्रिया