जाजरकोटमा कति पुगे मतदाता, कुन पालिका कति ? (हेर्नुहोस विवरणसहित)

फाईल तस्विर

जाजरकोट ।  जिल्लामा कुल मतदाताको संख्या १ लाख ४ हजार ६ सय ११ पुगेको छ । जिल्ला निर्वाचन कार्यालय जाजरकोटका सूचना अधिकारी नविन कुमार कठायतका अनुसार मतदाता नामावलीमा नाम समावेश गराएको कार्यालयको प्रारम्भिक तथ्यांक हो ।

जसअन्र्तगत भेरी नगरपालिकामा सबैभन्दा बढी २२ हजार ३ सय ६७ मतदाता संख्या छ । पुरुष ११ हजार ५ सय ४३ रहेको छन् भने महिला १० हजार ८ सय २३ रहेको छ । सबैभन्दा कम मतादाताको संख्या शिवालयमा छ । पुरुष ४ हजार ९ सय १४ छन् भने महिला ४ हजार ४ सय ४८ छ ।

कुशे गाउँपालिकामा मतदाताको संख्या १२ हजार २ सय १० रहेको छ । पूरुष ६ हजार ६ सय २८ पुगेको छ भने महिला ५ हजार ५ सय ८२ पुगेको छ । छेडागाड नगरपालिकामा मतदाताको संख्या २० हजार ७ सय ४५ पुगेको छ । पुरुष ११ हजार ४१ पुगेको छ भने महिला ९ हजार ७ सय ९ पुगेको छ ।

जुनीचाँदे गाउँपालिकाको कुल मतदाता संख्या १२ हजार १ सय ७७ पुगेको छ । महिला ५ हजार ६ सय ३० रहेको छ भने पुरुष मतदाताको संख्या ६ हजार ५ सय ४७ पुगेको छ । नलगाड नगरपालिकाको कुल मतदाता संख्या १६ हजार ५ सय ५१ पुगेको छ ।

पुरुष मतदाताको संख्या ८ हजार ७ सय ४९ छ भने महिला महिला ७ हजार ८ सय २ रहेको छ । यस्तै, बारेकोट गाउँपालिकामा कुल मतदाताको संख्या ११ हजार १ सय ९९ पुगेको छ । पुरुष मतदाताको संख्या ५ हजार ८ सय ५५ छ भने महिला ५ हजार ३ सय ४४ पुगेको निर्वाचन कार्यालय जाजरकोटका सूचना अधिकारी नविन कठायतले जानकारी दिए ।

उनले भने, ‘यो प्रारम्भिक संख्या हो, यसमा १८ बर्ष मुनिका तथा मृत्यु भएका मतदाताहरुको संख्या घट्ने छ ।’

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय भएसंगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय जाजरकोटले एक सूचना जारी गरी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित भएको जनाएको हो ।

निर्वाचन आयोग नेपालको मिति २०७८।१०।१० चंं न. १०२ को निर्देशनानुसार सवतं २०७९ साल वैशाख ३० गते शुक्रवार स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन आयोगको परामर्शमा मिति २०७८।१०।२४ मा नेपाल सरकार बाट निर्वाचनको मिति घोषणा भएकोले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ बमोजिम यस जिल्ला निर्वाचन कार्यालय, जाजरकोटमा भईरहेको मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धी कार्य र जिल्ला प्रशासन कार्यालय जाजरकोट बाट भईरहेको मतदाता नामावली संकलन सम्बन्धी कार्य मिति २०७८।१०।२५ गते अर्काे व्यवस्था नभएसम्मको लागि स्थगत गरिएको जिल्ला निर्वाचन अधिकारी डिलबहादुर कार्कीद्धारा हस्तारक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।

No photo description available.

तपाईको प्रतिक्रिया