
सुख्खा रोटी भन्न साथ कसैलाई अच्चम लाग्न सक्छ । गाउँमा मुख्य गरेर रोटी प्राप्त मात्रामा खान्छन् । सदरमुकाम देखि टाढा । त्यसमाथि दिनभर हिड्नु पर्ने बाध्यता । बजारमा पाईने खाद्यान्न वस्तु ओसारपसार गर्न दिनभर पैदल यात्रा ।
बजार जान विहानको मिरमिरे घाम सँगै जाँदा बेलुका साँझ पख घर पुगिन्छ । दिनभरको खाना नास्ताको लागि रोटी बोकेर जान्छन् । पिठ्यूमा भारी । उकाली ओराली बाटो । सुख्खा रोटीको तागले दिनभर काम । खाना खाने समय पनि हुदैन् ।
प्रायः सबैलाई थाहा नै होला । गाउँको रहनसहन सहर बजार भन्दा फरक हुन्छ । गाउँमा बोलिने भाषा । खानपनि छुट्टै हुन्छ । सँगसँगै जोढिएका माटोको छानाले ढाँकेका घर । अर्गानिक खाना खान्छन् । गाउँका प्रायः व्यक्ति खेति पाति गर्ने गर्दछन् ।
दिनभर खेतमा व्यस्त । माटो सँगै खेल्दैे समय बिताएका हुन्छन् । खेतमै खानपिन हुन्छ । दिनभर माटोसँग खेल्छन् त्यही माटोको हातले खाना खान्छन् । अनि खेतमा खनजोत गर्दै । नास्ता पनि घरबाट लगेको खुर्सानीको नुन र सुख्खा रोटी खान्छन् । वर्ष भरको खानाको जोहो गर्न दिनरात खेत बारीमा खटिएका हुन्छन् । घाम पानी नभनि काम गर्नुपर्छ । दिनरात नभनि काम गर्छन् । वर्ष भरी खानपिनको समस्या । हिमाली जिल्ला भएकाले होला ?
वर्ष एक बाली मात्र उत्पादन हुन्थ्यो । विकट बस्ती त्यही मेरो जन्म भयो । शहरमा जस्तो गाउँमा हुदैन्थ्यो । सानो हुदाँ गाई गोरू चराउन जानूपर्थाे । वसन्त ऋतुमा हरीयाली डाँडापाखामा । सुसेली हाल्दै गाई चराउने गर्थें । खाना ,नास्ता भनेकै सुख्खा रोटी हुथ्यो । दिनभरी गाईगोरु चराउदै दिन वित्थ्यो । साँझपख आमा गाई धुन आउनु हुथ्यो ।
दूध लिएर घर जान्थे । घरमा कालो धुवाँले आँखा पिरोलिएका हुन्थे । सानो थिए । मनमा र तनमा केही सोच थिएन । मात्र गाईगोरू चराउन जानुपर्छ भन्ने थियो । विस्तारै उमेर बढ्दै गयो । स्कुलमा भर्ना भए । १ बजे सम्म पढ्न जान्थे । खान खाएर अनि गाई चराउन जानूपर्थाे । घरमा कोही थिएनन् । आमा बुबालाई खेतबारीमा काम गर्न ठिक्क हुन्थ्यो । बाध्यता बस् जान्थे ।
कहिलेकाही जान्न भन्दै रून्थे । आमाले फकाउनु हुन्थ्यो । घरमा पाइने स्याउ , ओखर दिने । साँझ मलाई गाई चराउँछ भन्दै दूध धेरै खानामा हाल्नु हुन्थ्यो । म पनि खुशी हुदै रमाउथे । मलाई टन्न खान राम्रो लगाउन पाए खुशी हुन्थे । विस्तारै पढ्दै गए । एसईई दिए । अनि सबै घरको कुरा सुनाउनु भयो । एकातिर पढाइ अर्कोतिर घरको जिम्मेवार थपियो ।
रमाइलो त केवल बालपनमा मात्र रहेछ । सधैं स्वच्छ मन हुन्थ्यो । उमेर सँगै जिम्मेवारी पनि थपिदै गए । कहिले भविष्यको बारेमा सोच्दा ठिक त कहिले घरको अवस्था । लाग्छ जीवन एउटा खेल हो । कहिले रुवाउँछ त । कहिले हसाउँछ । सबै समय अनुसार चल्दा चल्दै पनि हार्नुपर्छ । त्यसमा घरको जेठो छोरा । सबैलाई लाग्छ होला उस्तै हो ।
घरको जिम्मेवारी सबै जेठो छोराको हुन्छ । फरक छ । जेठा ,साइलो ,कान्छोमा । प्रायः घरमा जेठा छोरा पीडित हुन्छ । गाउँमा यो व्यापक छ । सानो उमेरमा विवाह गर भनेर सताउँछन् । ढिलो विवाह गर्दा । अनेकौं भनाई खानुपर्छ । कतिपयको जीवन बिग्रेको पनि छ ।
यसले जुम्लाको गाउँमा बालविवाह ,बहुविबाह हुदै आएका छन् । गाउँमा अहिले बालवबिवाह न्युनिकरण गर्न लागेका छन् । गाउँघर हरीयाली डाँडाकाँडा । प्रकृतिको सुन्दरताले भरिएको जन्मभुमी । स्वर्ग भन्दा प्यारो लाग्छ । वातावरण र जल ,जमिन , जडीबुटीको धनी । यस बाट लाखौं पैसा कमाउँछन् । बुबा सधै हिउँदको समय इन्डिया जानु हुथ्यो । गाउँमा हिउँदको समयमा हिमपात हुने । हिमपातमा पनि भेडाबाख्रा चराउन जान्थे ।
बाक्ला कपडा । जुता मोजा लगाउँने । दिनभरी हिँउमा भेडा चराउँदा निकै चिसो हुन्थ्यो । कहिले चिसोले रुन्थे पनि म । रुदै भेडा चराउँने गर्दै हिउँदको महिना सकियो । फागुन चैतमा बुबा पनि आउँनु भो । मलाई घरपरिवार लाई कपडा लयाउँदा म निकै खुशी भए । हिउँदको महिना स्कुल हिउँदे विदा हुन्थे । गाउँमा र बजारमा ट्यूशन संचाल हुन्थे ।
आर्थिक हिसाव राम्रो भएका घरका विद्यार्थी पढ्न जान्थे । पढ्ने रहर मनमा मारी । भेडी गोठालो जानु पथ्र्याे । सायद गाउँमा जन्म भएकोले होला । सहर बजारमा पढ्न लेख्न भनेर बुबा आमा मरी हत्या गर्छन् । तर छोरा छोरी पढ्दैनन् । जीवन अभावमा चलेको हुन्छ । सबैलाई केही न केही कुराको अभाव हुन्छ । कुलतमा फस्ने । आमा वुवाको नमान्ने । विद्यालय नजाने गर्दछन् । जव वुवा आमाको सास रहन्छ ।
यसैमा समय विताउँछन् । पछि विस्तारै विवाह हुन्छ । सबै कुराको जोहो गर्नु पर्छ । अनि सोच्ने गरेको अनुभव वुवाले सुनाउनुभयो । पहिला पढ्न जाँदा राम्रो सँग पढेनौं । अहिले यो गति भयो । वुवा म अहिले आफुले भोगेको दुःख । छोराछोरीले भोग्न नपरोस् भनि दिनरात पसिना वगाउँछन् । सुख्खा रोटीले जीवन हैन् ।
अब बढेस् कालमा शिक्षित छोरा र सुखमय जीवन विताउँने भन्नुभयो । वुवा आमाको सपना पुरा गर्न सहर आए । सबै कुरा किन्नु पथ्र्यो । आफु सँग पैसा हुन्थेन । सधैं आमालाई पैसा माग्न अफ्ठेरो लाग्थ्यो । घरमा पनि कमाउने कोही थिएनन् । आमा बुबाले अरुको मजदुरी गरेको पैसा कति दिन पुग्थ्यो र ? सबै सँगै लड्दै, संर्घष गर्दै यहाँ सम्म पुगेको छु ।
















































। २२ माघ २०७८, शनिबार