
बारेकोट गाउँपालिका तस्विर प्रकाश बटाला को फेसवुक वाला बाट
खलंगा । जाजरकोटका उच्च भू–भागमा भारी हिमपात परेको छ । विहीबार विहान बाट आएको मौसम परिवर्तन संगै यहाँका उच्च भूू–भागमा हिमपात परेको हो । जिल्लाका सात वटै स्थानीय तहका उच्च भू–भागमा हिमपात परेको स्थानीयले बताएका छन् ।
कुशे, बारेकोट, जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकाको जनजीवन प्रभावित बनेको छ । हिमपात परे संगै अत्याधिक जाडो बढेको छ । यस्तै, छेडागाड नगरपालिका, शिवालय गाउँपालिकामा बर्षा भईरहेको स्थानीयले बताएका छन् ।

हिमपात परेपछि गाईवस्तुलाई खुवाउने घाँसको समेत अभाव भएको बारेकोट गाउँपालिका ४ का स्थानीय मोहन सिंहले बताए । चरिचरन क्षेत्र हिउँले ढाकेपछि भेडाबाख्रा पालन गरिरहेका किसान चिन्तित बनेका छन् ।
अत्याधिक जाडो बढेकोले तातो पानी पिउने, झोलिलो पदार्थ खाने, तातो खानेकुरा खान समेत चिकित्सकले आग्रह गरेका छन् ।
















































। २१ माघ २०७८, शुक्रबार