मृगौला पीडित घर्तीलाई कमानकाे आर्थिक सहयोग

paisa
खलंगा । नेकपा (एकीकृत समाजवादी) जाजरकोटका उपाध्यक्ष कमान बहादुर खड्काले एक मृगौला पीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको छेडागाड नगरपालिका वडा नं. ६ का ४६ वर्षिय मृगौला पीडित विरामी झुप बहादुर घर्तीको सहयोगका लागि खड्काले ७ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन् ।

आर्थिक अभावका कारण घर्तीको उपचारका समस्या भएपछि उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका खड्काले पत्रकार भरत शर्मा मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । मृगौला पीडित घर्तीको उपचारका लागि आफुले सहयोगको सुरुवात गरेको भन्दै सबैले सक्दो सहयोग गर्नका लागि खड्काको आग्रह छ ।

प्रेसरका कारण दुबै मृगौला समस्या देखिएपछि घर्तीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुबै मृगौला खराब भएको र दैनिक ३ पटक डाइलोशिस गर्नु पर्ने भएपछि घर्तीलाई उपचार गर्न आर्थिक समस्या परेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि घर्तीको परिवारले सक्दो सहयोग गर्दिन सबैसंग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया