‘शिवालय सातको वडाध्यक्षमा मेरो उम्मेदवारी रहन्छ’


आगामी स्थानीय तहको निर्वाचनमा शिवालय गाउँपालिका वडा नं ७ को वडाध्यक्षमा यूवा नेता गोपाल शाहीले आफ्नो उम्मेदवारी रहने बताएका छन् । हाम्रो पहुँच डटकम संग कुराकानी गर्दै शाहीले नेकपा ( एकीकृत समाजवादी ) बाट आफुले वडाध्यक्षको उम्मेदवारी दिने बताएका हुन् ।

पार्टी वडा कमिटीको सम्पूर्ण जिम्मेवारी यूवापंक्तिले लिने समेत शाहीले बताए । उनले भने, ‘आफु ३० बर्ष देखि एमाले रहेको, एमाले पार्टी राम्रो भएपनि नेतृत्व गर्ने व्यक्तिहरु भित्र भ्रष्टाचार र व्यक्तिवाद, नातावाद हावी भएको मैले एमाले छोडेको हुँ ।’

कुनै पनि काम गर्दा निस्वार्थ ढंगले काम नगरेकोले एमाले त्यागेको समेत बताए । उनले भने, ‘सोझा मानिसहरुलाई विभिन्न प्रलोभन देखाएर चुनावको वेला गरेको वाचा पुरा गरेको खोई ? सोझा जनताको स्वतन्त्र मत माथि लात हान्ने एमालेले विकासको नाममा विनाश गरेको छ ।’

भ्रष्टाचार, दलाल, गुन्डागर्दीका विरुद्ध आफु निरन्तर समाज परिवर्तनमा लाग्ने अठोट बोकेको शाहीले बताए । आफुले टिकट लिने विषयमा पार्टीका अग्रज नेताहरु र जनता संग सहकार्य भईरहेको बताए । सबैको सात सहयोगद्धारा वडाध्यक्ष जितेमा निम्न कामहरु प्राथमिकताका साथ गर्नेछु ।

मेरो प्राथमिकताहरु :
२०१२ सालमा बनेको चन्द्रज्योति आधारभुत विद्यालयलाई आधारभुत तह बनाउने र बिद्यालयलाई खेलमैदान र विद्यालयलाई चाहिने खेलकुद सामग्रीको अन्य व्यवस्था गर्ने ।

बीरेन्द्र माद्यामिक विद्यालयलाई वीएड लेभल र अन्य संकाय अध्ययन गर्न पाउने नयाँ व्यवस्था गर्ने ।

वडा नं ७ मा एमाले सरकारले विध्यंश पारिएका रिङ रोड र पुनर्निर्माण गरि यातायातका साधनहरु सहजै रुपमा संचालन गर्ने ।

वडापालिका देखि बुर्दा नर्ने हुँदै मध्य पहाडी रोडलाई तिब्रता दिने ।

बाढी पहिरो तटबन्धन नियन्त्रण मुख्य भुमिकामा तिब्रता दिने ।

दलित महिला वृद्ध अपाङ्ग व्यक्तिलाई कुनै पनि काम सहजै रूपमा व्यवस्था गर्ने ।

समाज परिवर्तन गर्न युवाहरूलाई कुनै पनि रोजगार व्यवस्था गर्ने

वडापालिका देखि चिनेगुम्द रोड अनियमितता गर्ने कुनै पनि व्यक्तिलाई कानुनी कठघरामा ल्याउने ।

वडा भित्रका विद्यालय मन्दिर घोरेटो बाटो नयाँ संरचना अनुसार निर्माण गर्ने ।

शिक्षा , स्वास्थ, सञ्चार, विद्युत बाट वन्चित नागरिकलाई शिक्षा स्वास्थ्य निशुल्क व्यवस्थापन गर्न पहल गर्ने ।

तपाईको प्रतिक्रिया