स्थानीय तहको चुनाव जेठ ४ मा गर्न आयागको प्रस्ताव


काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गरेको छ ।

निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा उक्त प्रस्ताव पेस गरिएको हो ।
आयोगको प्रस्तावमा जेठ ४ गते एकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उक्त प्रस्तावमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ ।

आयोगको सो प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ। निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया