वडाध्यक्ष माथि विप्लव निकट विद्यार्थीले गरेको दुव्र्यवहारको एमालेद्वारा विरोध


जाजरकोट । नेकपा एमालेले छेडागाड नगरपालिका ६ का वडाध्यक्ष रामबहादुर के.सी. माथि विप्लव निकट विद्यार्थी संगठनले गरेको दुव्र्यवहारको बिरोध गरेको छ ।

आज (शनिवार) एमाले छेडागाड नगरपालिका वडा नं ६ ले जनविकास मावि सुवानाउलीमा एक कार्यक्रमको आयोजना गरि के.सी. माथि भएको दुव्र्यवहारको विरोध गरेको युवा संघ जाजरकोटका जिल्ला कमिटी सदस्य के.पी. शर्माले बताए ।

वडाध्यक्ष रामबहादुर केसीलाई सार्वजनिक निर्माण कार्यमा उपभोक्ता समितिहरुबाट घुस लिएको र भ्रष्टाचार गरेको भन्दै विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी) जाजरकोटले केही दिन अघि कालोमोसो दलेर र जुत्ताको माला लगाएको थियो ।

बिरोध कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कर्णाली प्रदेश उपाध्यक्ष एवम् छेडागाड नगरपालिकाका नगर प्रमुख लाल बहादुर महताराले वडाध्यक्ष रामबहादुर केसीले भ्रष्टचार अनियमितता नगरेको बताए । यदि अनियमितता गरेको भए नियमन गर्ने निकायले कानुन बमोजिम छानबिन गर्ने र प्रमाणित भएमा कारबाहीको भागिदार हुने उनले बताए ।

ब्यक्तिको चरीत्र हत्या गर्ने गरि भएको दुर्व्यवहार अमानवीय भएको उनले बताए । कार्यक्रमका अर्का अतिथि नेकपा एमालेका जिल्ला कमिटी उपसचिव गोपाल नेपालीले समाजमा यस्ता अराजक गतिविधि नगर्न चेतावनी दिए ।

कार्यक्रममा निर्माण उपभोक्ता समितिका पदाधिकारी र निर्माण ब्यवसायी डोजर मालिकहरुले वडाध्यक्ष रामबहादुर केसीलेलाई घुस नदिएको बताएका थिए ।

कार्यक्रममा वडाबासीको बाक्लो उपस्थिति रहेको युवा संघका केपी शर्माले जानकारी दिए । कार्यक्रममा बोल्ने सबै वक्ताले वडाध्यक्ष के.सी.ले कुनैपनि अनियमितता नगरेको तर चरीत्र हत्या गर्ने गरि गरिएको दुर्व्यवहारको घोर भर्त्सना गर्दै दोषीलाई यथासिघ्र कारबाहीको माग गरेका थिए ।

तपाईको प्रतिक्रिया