प्रेस चौतारी गोरखाको अध्यक्षमा अश्विन दानी

देशभरकै कान्छो जिल्ला अध्यक्ष

गोरखा । प्रेस चौतारी, नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा सम्पन्न भएको शाखाको चौथौ जिल्ला अधिवेशनबाट दानी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनले समितिको उपाध्यक्षमा सुजन न्यौपाने, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, सचिवमा रवि किरण रेग्मी, सहसचिव (खुल्ला)मा सुजन बस्नेत, सहसचिव (समावेशी) मा अर्जुन उपरकोटी र कोषाध्यक्षमा सुदीप धिताललाई चयन गरेको छ ।

सदस्यहरुमा उर्मिला गुरुङ, अश्विन थापा, सुशील भारती, एलेस बयलकोटी, सुमिका गुरुङ र सर्मिला गुरुङ चयन भएका छन् ।

२०७३ सालदेखि पत्रकारिता सुरु गरेका दानी हाल जनचासो टाइम्सका संचालक हुन । यसअघि दरौदी दैनिक, थाहाखबर, प्राइमटाइम्स टेलिभिजन, हिमालय टिभीमा काम गरिसकेका सकेका उनी हाल समाचार एजेन्सी न्यूज कारखाना गोरखाबाट रिपोर्टिङ गर्दै आइरहेका छन् । चौतारीका केन्द्रीय कमिटीका अनुसार दानी देशभरकै कान्छो जिल्ला अध्यक्ष हुन् ।

कार्यक्रमकै बीचमा पत्रकार किरण लोहनीले आफ्नो स्वर्गीय पिता मणिराज लोहनीको स्मृतिमा पत्रकारिता पुरस्कार र एमाले गोरखाका युवा नेता राजन गुरुङले क्रियाशील युवा पत्रकारिता पुरस्कारका लागि ५० हजारको कक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया