विद्यार्थी र राजनीतिको अन्तर सम्बन्ध

अजय शर्मा

शिक्षा राज्यको अभिन्न अंग हो । शिक्षा विनाको जीवन अपुरो , अधुरो , अप्ठ्यारो हुन्छ । औपचारिक रुपमा होस् अथवा अनौपचारिक रुपमा शिक्षा मानवीय जीवनमा अनिवार्य बनाएकोमा दुई मत छैन् ।

विद्यमान शोषण प्रधान समाजमा भएको अन्याय , अत्याचार , समान्ति पुँजीवादी कुरीति तथा कुसंस्कारका विरुद्धको संघर्षलाई सचेत ढंगले अगाडि बढाउन, सामन्ती तथा पुँजिवादी शोषणलाई अन्त्य गर्न मानवीय जीवनमा शिक्षाको महत्व रहेको छ । जीवनलाई सरल , सुखि , उपयोगी बनाउन शिक्षाको महत्वपूर्ण भुमिका हुन्छ । हाम्रो समाज वर्ग विभाजित समाज हो ।

यहाँ हुदाँ खाने र हुने खानेहरु विचको संघर्ष नै मुख्य संघर्ष नै हो । निश्चित रुपमा शिक्षा पनि हाम्रो समाजमा हुदाँ खाने र हुने खानेहरुको विचमा शिक्षा प्राप्त गर्ने सवालमा गहिरो खाडल रहेको छ । शिक्षा र राजनीति विचको अन्तर सम्बन्ध र अन्तरनिर्भरता अन्योन्याश्रित रहेको हुन्छ ।

यो समाजमा विद्यार्थीहरुले राजनीति गर्नु हुदैन भन्ने परम्परावादी सामन्ती चिन्तन रहेको छ । तर वास्तविकता यो हो कि राजनीति विद्याथीहरुले नै गर्नु पर्दछ किनकी समाज रुपान्तरणका वाहक शक्ति भनेका राजनीतिक चेतनाले लैस भएको युवा विद्यार्थीहरु नै हुन ।

शिक्षामा समानता , स्वतन्त्रता , आधुनिकता तथा व्यवहारीक जस्ता कुरा केवल कागजमा मात्र सिमित छन् । शिक्षा हुने खानेहरुको मात्र पेवा बन्दै गैइरहेको छ । विद्यमान शिक्षा प्रणाली केवल वेरोजगार उत्पादन गर्ने क्षेत्रको रुपमा विकास भएको छ । दक्ष जनशक्तिको निर्माण गर्नुपर्ने शिक्षा क्षेत्र उत्पादन प्रणालीसंग असम्वन्धित रहेको छ ।

शिक्षाले श्रमलाई सम्मान गर्न सिकाउनुको सट्टा घृणा गर्न उत्प्रेरित गरेको छ । जव सम्म राष्ट्रका नागरिकहरु राजनीतिक चेतनाले लैस हुदैनन् तव सम्म यसप्रकारका समस्याहरु रहिरहन्छन ।

त्यसकारण विद्यार्थी जीवनलाई समाज रुपान्तरणको लागि प्रयोग गर्दै विद्यमान समान्ती संरचना भित्रको वुर्जुवा शिक्षालाई नष्ट गर्दै उत्पादन प्रणालीसंग जोडिएको , मानिसको दैनक जीवन पद्धतीसंग मेल खाने वैज्ञानिक तथा व्यवहारीक शिक्षा आजको अनिवार्य आवश्यकता हो । सभ्य समाजको निर्माण गर्ने कार्य वास्तवमा युवा विद्याथीहरुले नै गर्नु पर्दछ ।

युवा विद्याथीहरुलाई राजनीतिबाट अलग गर्न खोज्ने वुर्जुवाहरुलाई प्रगतिशिल क्रान्तिकारी राजनीतिले नै पराजित गर्न सकिन्छ । समाज परिवर्तन गर्ने तागत र क्षमता युवाहरुसंग भएकोले युवा विद्यार्थीहरुलाई राजनीतिक प्रशिक्षण तथा अध्ययन अनिवार्य हुन्छ ।

तपाईको प्रतिक्रिया