नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन बारेकोटको अध्यक्षमा शाही

May be an image of 9 people, people standing and people sitting
बारेकोट । नेकपा ( माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन बारेकोटको अध्यक्षमा झरना शाहीलाई सर्वसहमत चयन गरिएको छ ।

विहीबार बारेकोट गाउँपालिका स्तरीय प्रमुख सम्मेलन बाट शाहीलाई अध्यक्षमा चयन गरिएको हो । जसको उपाध्यक्षमा ललिता शाही, कोषाध्यक्ष कल्पना हमाल, सचिवमा शारदा बुढा, सह सचिवमा राधिका नेपाली चयन भएकी छन् ।

यस्तै, सदस्यहरुमा यशोदा शाही, विमला महतारा, गोपाल नेपाली, पदम सिंह सहित ९ सदस्सीय गाउँ कमिटी निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया