भेरी नगरपालिकाको सेवा बन्द

खलंगा । जिल्लाको भेरी नगरपालिकाको प्रशासनिक सेवा बन्द गरिएको छ । नगरपालिकामा कार्यरत २१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको प्रशासनिक सेवा बन्द गरिएको निमित्त प्रशासकीय अधिकृत अनिश शाहले जानकारी दिए ।

आज ( विहिवार) एक सुचना जारी गर्दै नगरपालिकाको सेवा पाँच दिनको लागि बन्द गरिएको छ । प्रशासनिक काम बन्द भएपनि एम्बुलेन्स, शव वहान सधैं सुचारु रहेको समेत सुचनामा उल्लेख गरिएको छ । १४ गते देखि १८ गते सम्म सेवा बन्द गरिएको छ ।

May be an image of text

तपाईको प्रतिक्रिया