कक्षा ६ देखि विद्यार्थी राजनीतिमा हुम्मिएका मल्ल

No description available.

रुकुम पश्चिम । रुकुम पश्चिममा जन्मिएका रमेश मल्ल कक्षा ६ मा अध्ययन गर्दै गर्दा देखि विद्यार्थी राजनीतिमा लागेका थिए । विद्यार्थीले पाउनुपर्ने अधिकार सुनिश्चित गर्नका लागि विद्यार्थी पर्नु उपयुक्त रहने सोच र मनसायबाट विद्यार्थी राजनीतिमा हुम्मिएका मल्ल अहिले नेकपा(एकिकृत समाजवादी निकट अनेरास्वबियू रुकुम पश्चिम कोषाध्यक्ष रहेका छन् ।

उनले आफ्नो राजनीतिक यात्रा कक्षा ६ मा अध्ययन गर्दैगर्दा नेकपा(ऐमाले) निकट अखिलको विद्यालय प्रारम्भिक कमिटीको सदस्यबाट सुरु गरेका हुन । विस्तारै उमेर बढेसंगै जिम्मेवारी पनि थपिदै गयो । कहिले विद्यालय कमिटी सचिव, उपाध्यक्ष, अध्यक्ष समेत भएर आफ्नो जिम्मेवारी निर्वाह गरिरहे । सानै उमेरमा विद्यालय कमिटीको अध्यक्ष बन्न पाउँदा उनले नेपाली समाजलाई सुसांस्कृतिक विकसित बनाउनका तमाम सक्षम युवाहरुले निस्वार्थपूर्ण राजनीतिमा लाग्नुपर्ने अवश्यक ठाने ।

उनले भने ‘भनिन्छ राजनीति एक फोहोरी खेल हो’ यसलाई तर हामी जस्ता चेतभएका बिद्यार्थी फोहोर छ भनेर बाहिरबाट हेर्ने होइन भित्र पसेर सफा गर्ने हो भन्ने मलाई एउटा चेतना मेरो मन भित्र पैदा भएर म राजनीतिमा हुम्मिएको हुँ ।

मैले सामाजिक संजालको माध्यम बाट मेरा राजनीतिक भनाइहरु प्रत्येक दिन राख्दै गए सबैलाई सुनाउदै गए बिस्तारै मलाई राजनीतिक गर्ने हौसला बढ्न मिल्न थाल्यो । मेरा लेखहरु देखेर तत्कालीन अखिलको अध्यक्ष कमरेड हुकुम बि.सी.बाट मलाई फोन आयो हाम्रो फोनमा राजनीति बहस भयो र २०७६ सलाम मलाई अखिल (क्रान्तिकारी ) र अखिल अनेरास्वबियुको एकताको प्रथम बैठक तथा सफत ग्रहणको कार्यक्रमवाट मलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरियो ।

मलाई जिल्ला कमिटीको जिम्मेवारी दिएपछि मा निरन्तर बिद्यालयमा मुल इकाई कमिटी गठन गर्ने तिब्र गतिमा लागे । बिस्तारै आफ्नो कार्यक्षेत्रका कमिटी निर्माण गर्दै थियै बिचमा तत्कालिन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीवाट जब नेपाली जनताको लामो त्याग र बलिदान बाट निर्मित संविधानलाई कुठाराघात गरेर संसद बिघटन गर्नुभयो । त्यसपछि हाम्रो संगठन भित्र पनि एउटा समुहले नराम्रो कामको जयजयकार गर्न थाल्यो र अर्का हाम्रो समुहले प्रतिगमनका बिरुद्धमा आन्दोल गर्न थाल्यो संगठनको केन्द्रीय निर्देश अनुसार आन्दोलन गरियो संसद पुर्ण स्थापना भयो । पार्टी जेठ २ गतेको अवस्थामा गएपछि फेरि पार्टीलाई केपी ओलीबाट कव्जा गर्ने निर्णय भएपछि । नेपालको कम्युनिस्ट आन्दोलनलाई सहि बाटोमा लिनको निम्ति हामीले एउटा बिद्रोह गरेर नेकपा (एकीकृत समाजबादी) पार्टी भयो ।

नेकपा एमाले निकट अनेरास्वबियुलाई नेकपा एकिकृत समाजबादीमा रुपान्तरण गरियो त्यसपछि मलाई अनेरास्वबियू रुकुमका पश्चिमको जिल्ला कोषाध्यक्षमा सर्वसम्मत चएन गरियो र अखिल फोर्सको जिल्ला कमिटी सचिवको जिम्मेवारी पनि दियो म यसपछि समाजवादी राज्य ब्यबस्थाको निम्ति निरन्तर बिद्यालयमा गाउँगाउँ बस्तिमा लागिरहेको छु र लागिरहने छु ।

तपाईको प्रतिक्रिया