सरकारको अनुदान पुग्दैन् वास्तविक उद्यमी सम्म

२४ बर्ष पुग्यो ईलेक्ट्रोनिक उद्योग सञ्चालनको आउँदैन् राहत

No description available.जाजरकोट । भेरी नगरपालिका ३ सिमलगैरीका जीतबहादुर सुनारले प्रकाश ईलेक्ट्रोनिक उद्योग सञ्चालन गरेको २४ बर्ष पुरा भयो । २०५४ सालमा तत्कालिन घरेलु कार्यालय बाट घडी, रेडियो, मोबाइल मर्मत तालिम लिएपछि उनले प्रकाश ईलेक्ट्रोनिक उद्योग सञ्चालन गरे ।

कक्षा १० सम्मको पढाई सकेका सुनार एस.एल.सीमा दुई विषय लागेपछि पढाई छोडि निरन्तर आफ्नो कर्मतिर लागे । उनको काम भनेको विग्रीएका घडी,मोबाईल, रेडियो बनाउने थियो । जाजरकोटी राजा देखि सर्वसाधारण सम्म उनकै पसलमा समान बनाउन जान्थे ।

सदरमुकाममा अरु ईलेक्ट्रोनिक पसल थिएनन् । भएका पसलमा समान विक्रि गरिन्थ्यो तर बनाउने काम हुदैन्थ्यो । जीतबहादुर निरन्तर विक्रिएका समान बनाउन थाले ।

अहिले पनि सिमलगैरीको एउटा घरमा विग्रीएका साउण्ड सिस्टम देखि घडी, रेडियो, मोबाइल सबै छन् । त्यही हो प्रकाश ईलेक्ट्रोनिक उद्योग । त्यहाँ प्रोपाईटर हुन् जीतबहादुर सुनार । उनी विहान ७ बजेदेखि बेलुका ७ बजे सम्म त्यही पसलमा हुन्छन् ।

उनको अगाडी विग्रीएका समान हुन्छन् । क्रमश समान बनाउँदै ग्राहकलाई बुझाउँदै गर्छन् । उद्योग सञ्चालन गरेको २४ बर्ष सम्म सुनारले सरकारले दिने अनुदान कुनै नपाएको गुनासो गरे । उनले भने, ‘मैले उद्योग सञ्चालन गरेको २४ बर्ष पुरा भयो, अहिले सम्म सरकारको कुनै अनुदान राहत पाएको छैन, कागज मिलाउनेलाई अनुदान हुन्छ होला अनि हामी कहाँ बाट पाउँथ्यौं र ?’

उनले सिकाएका अधिकांश सिकारुका ठूलठूला ईलेक्ट्रोनिक पसल छन् । ‘मैले अहिले सम्म २० जना भन्दा बढी यूवाहरुलाई ईलेक्ट्रोनिक मर्मत सम्बन्धीको तालिम दिईसकेको छु, उनीहरुका अहिले ठुलठूला पसल छन्, उनले थपे, ‘आर्थिक अभावका कारण मेरो व्यवसायलाई माथि उठाउन सकिरहेको छैन् ।’

जिल्लामा अरु कसैले पनि सामुदायिक वनको टाँचा बनाउन सक्दैनन् । उनी संग जिल्लाका सबै सामुदायिक वनको टाँचा बनाउने जिम्मा आउँछ । जेनतेन गरेर महिनाका १५ हजार भन्दा बढी पैसा कमाउने गरेको सुनार बताउँछन् ।

उनले भने, ‘जिल्लामा सामुदायिक वनको ढाँचा बनाउने अरु कोही पनि छैनन्, हामी संग सबै आउँछ, त्यही बाट केही कमाई हुन्छ, महिनामा १५ हजार जति कमाई हुुन्छ ।’ त्यही बाट उनीले परिवारको खर्च र छोराछोरी पढाई रहेका छन् । उनका एक छोरा सुर्खेतमा ईलेक्ट्रोनिक पसलमा काम गर्छन् । एक छोरी सुर्खेतमा कर्मस लिएर पढ्छिन् ।

अर्की छोरी त्रिभुवन माद्यामिक विद्यालय खलंगाका कानुन पढ्छिन् । घर खर्च देखि छोराछोरीको पढाई खर्च सुनारले त्यही उद्योग बाट गर्ने गरेका छन् । सरकारले थोरै अनुदान दिएको भए यसलाई अझ व्यवस्थित र मेसिन ल्याउने सुनारको भनाई छ । टाँचा बनाउने मेसिन हुन्छ तर उनी फलाम बाट बनाउँछन्, पैसा भए मेसिन खरिद गरी जिल्लामा अझ प्रभावकारी सेवा प्रदान गर्ने उनको भनाई छ ।

आफुले सिकेको सीप यूवाहरुलाई दिने र उनीहरुलाई वैदेशिक रोजगारमा जान रोक्ने समेत उनले दावी गरे । उनले बनाउने टाँचाको माग रुकुम, रोल्पा, सल्यान र दैलेख बाट समेत हुने गरेको छ । जीतबहादुर मात्र होइन्, सरकारले दिने अनुदानले जिल्लाका उद्यमीहरुलाई छोएको छैन् । कागज मिलाएर अनुदान पाउने धेरै छन् । सरकारले त्यस्ता उद्यमीहरुलाई हेर्न जरुरी देखिन्छ ।

भिडियाे हेर्नुहाेस्

तपाईको प्रतिक्रिया