बारेकोट : भारत बाट आएका एक जनामा कोरोना पुष्टी


खलंगा । जिल्लाको बारेकोट गाउँपालिकामा भारत बाट आएका एक जनामा कोरोना पुष्टी भएको छ । भारत बाट आएका वडा नं ४ का २ जनालाई ¥यापिड एन्टिजीन टेष्ट गर्दा एक जनामा कोरोना पुष्टी भएको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए ।

कोरोना पुष्टी भएका उनलाई होमआईशोलेशनमा पठाईएको सिंहले बताए । यस्तै, बारेकोट गाउँपालिका ३ का स्थानीयहरु भारत बाट आई नेपालगञ्ज चेक गर्दा पुष्टी भएर गाउँपालिका प्रवेश गर्न लागेको समेत सिंहले बताए ।

उनीहरुको गुप्रमा १६÷१७ जना रहेका छन् । कोरोना महामारीको तेस्रो भेरियन्ट फैलिन सक्ने भएकोले सर्तकर्ता अपनाउन समेत आग्रह गरिएको छ । यस्तै, भारत तथा अन्य मुलुक बाट आउने सर्वसाधारणलाई प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा चेकजाँच गर्न समेत अनुरोध गरिएको छ ।

आज ( शुक्रबार ) एक सूचना जारी गरी स्वास्थ्य शाखाले बारेकोटवासी सबैलाई अनुरोध गरेको प्रमुख सिंहले हाम्रो पुहँच डटकमलाई जानकारी दिए ।

No description available.

तपाईको प्रतिक्रिया