
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेलले शुक्रबार सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।
संक्रमण भएपछि केही दिन आइसोलेसनमा बस्नुपर्ने भएकाले यसअघि निर्धारित सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिएका छन् ।
‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन’ महासचिव पोखरेलले लेखेका छन्‚ ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।
















































। ३० पुष २०७८, शुक्रबार