नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित

जाजरकोट । नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न् । मंगलबार गरिएको मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । शाहीले कुल ४ सय ३३ मत मध्य २ सय १७ मत  ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी करवीर शाहीले २ सय १० मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छ्न् ।  उनले २ सय २५ मत प्राप्त गरी उनका प्रतिस्पर्धी नवराज सिहलाइ  पछि पार्दै विजयी भएका हुन् ।

सिंहले  १ सय ७७ मत प्राप्त गरेका थिए ।   सचिवमा  वीरबहादुर गिरी      निर्वाचित भएका छन् । नर बहादुर खत्री.लाई पछि पार्दै विजयी भएका हुन्  ।   गिरीले २ सय १५ प्राप्त गरेका थिए भने  खत्रीले १ सय ८६ मत प्राप्त गरेका छ्न् ।  यस्तै उप सचिवमा  गोपाल बहादुर नेपाली  र नर बहादुर बस्नेत  निर्वाचित भएका छ्न् ।

नेपालीले  सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गरेका छ्न । बस्नेतले २ सय ४७ मत प्राप्त गरेका छ्न । उप सचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छ्न। शाहीले १ सय ५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ सय ४ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया