जुम्लामा एमविविएस शुरु भए सँगै चहल पहल बढ्यो

No description available.
गणेश रावत
जुम्ला । जुम्लाको च्यारे चौरमा मेडिकल हव बन्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसिर २६ गते एमविविएस लगायतका शैक्षिक कार्यक्रमहरु उद्धाटनपछि मेडिकल हवको तयारी गरिएको छ । जुम्लामा एमविविएस शुरु भएसँगै चहल पहल थप बढेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारे चौरमा एमविएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माण गर्ने तयारी गरिएको छ ।

उपकुलपति डाक्टर मंगल रावलका अनुसार प्रतिष्ठानले एमविएस शुरु गरे पछि मेडिकल हवको रुपमा अगाडि बढाउन दुई दर्जन वटा भवन निर्माण गर्ने योजना सहित अगाडि बढाईएको बताए । उनका अनुसार अव च्यारेलाई प्रतिष्ठानको दिर्घकालिन योजना अनुसार मेडिकल हवको रुपमा बिस्तार गरिनेछ ।

एमविविएस लगायतका कार्यक्रमहरु अध्यन अध्यापन गराउन चन्दननाथ नगरपालिका ३ का स्थानीयको सहयोगमा प्रदान गरिएको निशुल्क जग्गाको उक्त स्थान च्यारे चौरमा एक भवन भने शुरुवात भईसकेको छ । रसुवा कम्पनीले शुरुवात गरेको सो भवन स्थानमा २३ वटा भवन बन्नेछन् ।

डाँफे लेक नजिक रहेको सो क्षेत्रमा च्यायारे क्षेत्रमा संसारकै अग्लो स्थानमा मेडिकल शिक्षाको अध्ययन हुने भएकोमा जुम्ला र च्यारे संसारकै रोल मोडेल मेडिकल हव हुने उक्तिकै सम्भावना छ । हिमाली क्षेत्र जहाँ हिउँदे सिजनमा हिउँले ढाकिरहने भागमा सेता एप्रोन लगाएका डाक्टर उत्पादन हुने छन् ।

रजिष्ट्रार नृपेन्द्र महतका अनुसार च्यारे चौरमा रहेको पाँचसय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएको र तीनसय रोपनी दर्ता भईसकेको बताउनुभयो । सोही क्षेत्रमा शैक्षिक भवनहरु ठूलो मात्रामा लगाईने योजना नेपाल सरकारका समक्ष पेश गरिएको छ ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सदरमुकाममा रहेको तीनसय शैयाको अस्पताल क्षेत्रमा अहिले एमविविएस लगाएतका कक्षाहरु संचालन भईरहेका छन् । बर्षेनी बिरामी संख्या बढ्दै जाने र संरचना साघुँरो हुदै गएकाले एमविविएस सहितका शैक्षिक कार्यक्रमहरु संचालन गर्न च्यारेमा ठूलो मात्रामा भौतिक संरचना निर्माण गर्न थालिएको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाका अनुसार च्यारेमा एउटा भवन निर्माण र जुम्ला बजार अस्पताल क्षेत्र नजिक तीनवटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा लिएको छ । उहाँका अनुसार राष्ट्रपति भण्डारीले उद्धाटन गर्नुभएको भवन च्यारेमा नवने सम्मका लागि त्यही अध्यापन हुने बताउनुभयो ।

पछिल्लो समय प्रतिष्ठानमा एमविविएस अध्ययन गर्न २० जना विद्यार्थीहरु भर्ना भईसकेका छन् । जुम्लामा प्रतिष्ठानको स्थापना पछि स्वास्थ्य क्षेत्रमा परिर्वतन हुन थालेको छ । स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षामा उच्च तहको कक्षाहरु संचालन भईरहेका छन् ।

तपाईको प्रतिक्रिया