विद्यालय देखि रेडियो सम्म एक साहित्य प्रेमी

No description available.

गणेश रावत,
जुम्ला । जीवन एउटा भोगाई हो । बाँचुन्जेल अनेकौ दुख, कष्ट, पिडाहरुसँगै लड्दै, जीवन बिताउनु पर्छ । कोही सुखसयलका साथ जीवन बिताएका छन त कोही दुःख, कष्टको प्रत्यक्ष सामाना गरे जीवन विएका छन् । सुख, दुःख भोग्दै उनीहरुको जीवन चक्र सुरु हुन्छ । बिस्तारै बिस्तारै उमेर बढ्दै जाने क्रममा समय पनि बित्दै जान्छ । अनि हरेक व्यक्तिको रुचि फरक–फरक हुन्छ ।

यस्तै जुम्लाको चन्दनाथ नगरपालिका २ खोलिकोटका दिपक बुढ्थापा विद्यार्थी जीवन देखि नै साहित्यमा धेरै रुचि राख्थ्ये । । विकट बस्तीमा २०५७ सालमा जन्मिएका बुढ्थापाले कर्णाली माध्यमिक बिद्यालय अनामनगर जुम्लामा अध्यायन गरेर शिक्षा हासिल गरेका हुन । साहित्यमा धेरै रुचि भए पनि उनले २०७३ सालबाट साहित्यको मुक्तक विधालाइ अङ्गालेर लेख्न सुरु गरे । उनको सधैं सारथी भनेकै रेडियो थियो । त्यो समय उनलाई मुक्तक लेख्न सहज बनाउने एउटा रेडियो कार्यक्रम ‘बहकिने मन’ थियो । प्रत्येक हप्ताको सोमबार राति बजे ९ देखि १० बजे सम्म आउँने गथ्र्यो । उनी सधैं कार्यक्रमको पर्खाइमा हुन्थ्ये ।

जुम्लामा मुक्तक लेख्ने त्यतिखेर कोहि थिएनन् । उनलाइ मुक्तक लेख्न सिकाउने भनेकै रेडियो कार्यक्रम थियो । जो कार्यक्रम काठमाडौं थाहा खबरबाट महावीर विश्वकर्माले चलाउँथ्ये । सोमबार सधैं कार्यक्रम सुन्दै सुत्ने गर्थे । विस्तारै पछिल्लो समय मुक्तक लेख्न थाले । उनले अहिले झन्डै १ हजार भन्दा धेरै मुक्तकको रचना गरेका छन् । उनको चाहानामा पनि त्यस्तै रेडियो कार्यक्रम चलाउने मनमा इच्छा पलायो । उनले रेडियो नारी आवाज जुम्लामा ‘साहित्य मन’ कार्यक्रम चलाउन थाले ।

केही समय भित्र नै कार्यक्रम लोकप्रिय बन्यो । स्रोतालाई पनि पछिल्लो समय साहित्य कार्यक्रम कहिले आउँला भन्ने भयो । उनले आफ्नो पारिवारिक समस्याले रेडियो छोडे । तर मुक्तक रचना गर्न छाडेनन् । उनले बिचित्र माया भन्ने पेच खोलेर मुक्तक लेखी हाल्ने र अरूलाई सिकाउने गरेका छन् । उनले हुने जुम्लामा अन्य कार्यक्रममा पनि मुक्तक बाचन गथ्र्ये । उनीलाई पछिल्लो समय जुम्लामा एउटा साहित्य प्रेमि भनेर चिनिन्छ । त्यही स्रोतहरुको माया, साथ र हौसलाले गर्दा अबको केही समयमा विचित्र माया मुक्तक संग्रह नामक एउटा किताबलाई बजारमा ल्याउने उदेश्य बोकेको बुढाथापाले बताए ।

तपाईको प्रतिक्रिया