जाजरकोट : ज्यान मार्ने धम्की दिएको भन्दै सदस्य पदका उम्मेदवारले गरे एमाले परित्याग


खलंगा । नेकपा एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशनको भुगोल तर्फको पुरुष सदस्यका एक उम्मेदवारले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।

भुगोल तर्फको पुरुष सदस्यका उम्मेदवार विरबहादुर बस्नेतले नेकपा एमाले परित्याग गर्ने निर्णय गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्, ‘नेकपा एमाले छैठौं जिल्ला अधिवेशन भुगोल तर्फको पुरुष सदस्यको निर्वाचनमा उल्लेख्य मत ल्याई विजय हुने संकेत देखेर ज्यान मार्ने धम्की दिएपछि आजकै मिति देखि नेकपा एमाले परित्याग गरेको छु ।

बाँकी जीवन जिल्लाको कुनै विचार मिल्ले पार्टी संग विताउने छु । त्यसको निर्णय छिट्टै गर्नेछु ।’

तपाईको प्रतिक्रिया