सन्तोषले जन्मदिनमा आमालाई यसरी सम्झिए..

आमा तपाईले जिन्दगीको लडाइँमा रफ्तार एक्लै लडेर आफ्ना कैयौं सपनाहरु सहिद बनाएर भगवानको रुप नलिएको भए खास आज म तपाईंको छोरो हुन लायक हुने थिइन् । आज मेरो जन्मदिन आमा म तपाईंको संघर्षलाई कसरी शब्दमा बयान गर्न सक्छु र ? जीवन र जगतलाई नजिकैबाट बुझ्नुभएकी साच्चिकै एक महान आमा हुनुहुन्छ ।

मैनबत्तिको रुपमा आफुलाई पगाल्दै हामीलाई उज्यालो दिएर आफू सकिदै जादा पनि हरेकपल सन्तानकै खुशीका लागि प्रार्थना गर्ने मेरि आमा तपाइँभन्दा फराकिलो मन भएको अरु को नै हुन सक्छ र ?

आफ्नो सन्तानका लागि हरेक क्षणमा आफुलाई जीउँदै जलाउदै भोक, प्यास नभनी सन्तानको पेट भराउनुपर्ने पिर त्यसै माथी पसिनाको धारा, अर्काको मेलापात, आमा बल्ल मलाई महसुस हुदैछ कि तपाईंलाई त्यतिबेला कति गाह्रो हुन्थ्यो भन्ने कुरा ।

आमा तपाईं साक्षत देवि हुनुहुन्छ, तपाईंका बारेमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाएपनि त्यो अधुरै हुन्छ । भनिन्छ, आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुनुहुन्छ । आमा तपाईं सन्तानका लागि धर्ती हुनुहुन्छ, माया र प्रेरणाकी प्रतिमुर्ति हुन् ।

अन्त्यमा, सन्तानकि सृष्टिकर्ता, लाखौं दुख कष्ट बिर्सेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पुर्ण आमाहरू प्रती लाख लाख प्रणाम !

सन्तोष नेपाली “अभिलाषी“
कर्णाली प्रदेश, जाजरकोट

तपाईको प्रतिक्रिया