
फाइल तस्विर
खलंगा । भीरबाट लडेर नलगाड नगरपालिकामा एक पुरुषकोे मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजेको समयमा समयमा नगरपालिका–४ कोठीगाँउका ७९ वर्षीय पलबहादुर रावलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नलगाड–४ मा पर्ने बाउसेखोला स्थित कोलतीको मोडमा भिरबाट लडेर रावलको मृत्यु भएको हो । उक्त खबर स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी निरीक्षक अर्जुनसिंह साउदको कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएर अनुसन्धान जारी राखेको जनाएको छ ।
















































। २३ पुष २०७८, शुक्रबार