
काठमाडौं । देवेन्द्र बब्लुको नयाँ गीत ‘म त पर्खेको पर्खै छु’ सार्वजनिक भएको छ । देवेन्द्रकै स्वर, शब्द तथा संगीत रहेको गीत बिहीबार उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीत एरेन्ज कृष्ण बिके भान्जाले गरेका हुन् भने मिक्सिङ श्यामश्वेत रसाइलीको हो । प्रेम सम्बन्ध टुटेपछि सबै बिर्सेर अघि बढ्न नसकेको प्रेमीको दृष्टिबिन्दुबाट लेखिएको गीत करुण रसमा बगेको छ ।
गत वर्षको सार्वजनिक भएको देवेन्द्रकै ‘भेटै हुन्न कि’ बोलको गीतको दोस्रो भागको रुपमा ‘पर्खेको पर्खै छु’ बनाइएको हो ।
उक्त गीत युट्युबमा झण्डै ४० लाख पटक हेरिएको छ ।
विशाल घिमिरेको निर्देशनमा बनेको उक्त भिडियोमा दीप सागर र रोशनी कार्कीको अभिनय रहेको छ ।
गीतको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन नविन घर्ती मगरको हो।
देवेन्द्रका ’म हाँसे हाँस्छौ र ?’, ’कसरी’, ’दिल दुखो’, ’मनमाया’ लगायत गीत चर्चित छन्।
















































। २३ पुष २०७८, शुक्रबार