एमाले जाजरकोटको सचिवमा गोपाल नेपालीको चर्चा


खलंगा । नेकपा एमाले जाजरकोटको शुक्रबार छैटौं जिल्ला अधिवेशन हुदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि कतिपयले सामाजिक सञ्जाल फेसवुक मार्फत उम्मेदवारी घोषणा गरेका छन् । अधिवेशन शनिवार सम्म चल्नेछ ।

हाल सम्म अध्यक्षमा कालु हमाल र नवराज सिंहले उम्मेदवारी रहेको घोषणा गरिसकेका छन् । तर अन्य अध्यक्षका आकांक्षीहरुले घोषणा गरेका छैन् । झण्डै आधा दर्जन भन्दा बढी अध्यक्षका आकांक्षीहरु देखिन्छन् । अध्यक्ष संगै प्रमुख कार्यकारी पद सचिव हो ।

सचिवका लागि अहिले सामाजिक सञ्जालमा गोपाल नेपालीले पाउनुपर्ने शुभचिन्तकहरुले माग गरिरहेका छन् । पछिल्लो समय नेकपा एमाले जाजरकोटका सक्रिय यूवा नेता नेपाली कुशे गाउँपालिका १ का वडाध्यक्ष समेत हुन् ।

नेकपा माओवादी केन्द्र र एमाले मिलेर बनेको तत्कालिन (नेकपा) विभाजनको समयमा सचिव पद सम्हालेर जाजरकोटमा एमालेको संगठनिक सदस्यहरु बढाउने उनी यूवा पिढीका आशा र भरोसाका केन्दविन्दु मानिन्छन् । प्रत्येक यूवाहरुको गोपाल नेपालीले सचिव पद पाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

दिपक सिंह ठकुरी सामाजिक सञ्जाल फेसवुकमा लेख्छन्, ‘एउटा गरिव र दलित समुदायमा जन्मिएर पनि शिक्षकको जागिर बाट राजिनामा दिएर सम्पुर्ण जीवन नै पार्टीको निमित्त समर्पन गरेको व्यक्ति र अर्को आधार भनेको कुशेबाट पार्टी जिल्ला कमिटीको मेजर पोस्टमा अहिले सम्म कसैले पनि जिम्मेवारी नपाएको ईतिहास छ, त्यसैले यो पटक जिल्ला कमिटी सचिवको पदमा गोपालबहादुर नेपाली निर्विकल्प सचिव पदको उम्मेदवार हुन ।’

त्यसकारण सम्पुर्ण वडाका प्रतिनिधिरुलाई सके सहमति र यदि नभए निर्वाचन प्रणालीबाट भारी मतले विजयी गराउन हार्दिक अनुरोध गर्दछु । कमान थापाले पनि त्यही पोस्टलाई साभार गरेका छन् । अधिकांश यूवाहरुले नेपालीलाई सचिवका लागि शुभकामना दिईरहेका छन् ।

नेपालीको राजनितीक इतिहास
२०५९ सालमा अनेरास्ववियु त्रिभुवन मा बि खलंगा जाजरकोटको प्रा.क. सह सचिब ।

२०६१ सालमा अनेरास्ववियु जाजरकोटको सह सचिब ।

२०६२ सालमा अनेरास्ववियु भेरी ज्ञानोदय क्याम्पस प्रा . क . उपाध्यक्ष ।

२०६२ साल फाल्गुन २२ गते भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको उप सभापतिमा अनेरास्ववियुको प्यानलबाट निर्बाचित ।

२०६४ सालमा राष्ट्रिय जन सास्कृतिक मन्च जाजरकोटको अध्यक्ष ।
२०६५ सालमा अनेरास्ववियु भेरी अन्चल समन्वय कमिटी सद्स्य ।

२०६८ सालमा युबा संघ नेपालको केन्द्रीय अनुशासन आयोगको सद्स्य
२०६९ सालमा नेकपा (एमाले) जाजरकोटको सद्स्य ।

२०७४ साल वैसाख ३१ गते नेकपा (एमाले) को तर्फबाट कुशे १ मा काङ्ग्रेस , माओवादी , माक्र्सवादी र राप्रपाको गठबन्धन लाई प्रास्त बनाएर वडा अध्यक्ष निर्बाचित ।

२०७१ साल अषाढमा काठमाडौमा सम्पन्न नेकपा ( एमाले) को ९ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि ।

पुन २०७५ सालमा नेकपा कालिन ( नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटको जिल्ला कमिटी सद्स्य ।

२०७३ सालमा नेपाल ट्रेड युनियन महासङ (जिफनट) जाजरकोटको अध्यक्ष

२०७५ सालमा (जिफन्ट) कर्णाली प्रदेश सचिवालय सदस्य ।

२०७७ माघ मा पार्टी संकटको बेला जिल्ला सचिबको रुपमा ७ महिना काम गरेको

हाल नेकपा एमाले जिल्लाका कमिटी सदस्य
नेकपा (एमाले) को २०७८ को गोदावरीमा सम्पन्न प्रथम बिधान महाधिबेशन प्रतिनिधि ।

भरखरै सम्पन्न नेकपा(एमाले) को १० औं राष्ट्रिय महाधिवेशन मन्सिर १० देखि १२ चितवनको प्रतिनिधि ।

तपाईको प्रतिक्रिया