एमाले जाजरकोटको अध्यक्षमा नवराज सिंह किन ?


खलंगा । नेपाल कम्यूनिष्ट पार्टी ( एमाले) जाजरकोटको अध्यक्षमा नवराज सिंहले उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत नेकपा एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका हुन् ।

२०४८ सालमा पार्टीको संगठित सदस्य बाट राजनीतिक यात्रा सुरु गरेका सिंह नेकपा एमाले जाजरकोटका लोकप्रिय नेताको रुपमा परिचित छन् ।

सिंहको राजनीतिक यात्रा
२०४७ सालमा रग्दा गाउँ पार्टी सक्रिय दलको सचिवमा सिंह भएका थिए । २०४८ सालमा ईलाका नं. ५ इलाका पार्टी सक्रिय दलको सचिव, २०४९ सालमा जिल्ला संगठन कमिटीको सदस्य,२०५१ सालमा जिल्ला संगठन कमिटीको उप– सचिव,२०५३ जेठ १० प्रथम जिल्ला अधिवेशन बाट जिल्ला कमिटी सदस्य, २०५४ साल माघमा जिल्ला कमिटीको उप–महासचिवमा निर्वाचित, २०५६ माघ १६ गते जिल्ला संगठन कमिटीको सचिव पदमा निर्वाचित, २०६६ मंसिर १६देखि १८ गते चौथो जिल्ला अधिवेशन बाट सचिव पदमा निर्वाचित, अखिल नेपाल किसान संघ जिल्ला अध्यक्ष, निर्वाचन क्षेत्र नं १ को सचिव, पार्टी स्कुल विभाग र अन्य विभागको जिम्मेवारी सम्हालेका थिए ।

आठौं र नवौं राष्ट्रिय महाधिवेशनमा जिल्ला बाट प्रतिनिधित्व गरेको, २०५५ सालको स्थानीय निर्वाचनमा इलाका नं ५ बाट जि.वि.स सदस्य निर्वाचित अहिले सिंह नेकपा कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् । २०७७ साल माघमा भुमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष समेत बनिसेका उनी यूवा पिढीहरुको आशा र भरोसाका केन्द्रविन्दु समेत हुन् ।

राजनीतिमा मात्र नभई अन्य क्षेत्रमा समेत सिंहको लोकप्रियता धेरै छ । सुर्यकिरण यूवा केन्द्र संस्थाको सभापति, लेकवेशी सहकारी र भगवती सहकारीको संस्थापक अध्यक्ष, भेरीगंगा यातायात व्यवसायी संघको अध्यक्ष बनिसकेका छन् । पत्रकारीता मार्फत समाज रुपान्तर गर्न सकिन्छ भन्ने संकल्प बोकी उनी सुर्याेदय मासिक पत्रिकाको प्रधान सम्पादक पनि बनिसकेका छन् ।

नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएपछि एमाले जाजरकोटको राजनीतिक, सांगठनिक, वैचारिक ढंगले नयाँ परिवर्तन गर्ने, गुट –उपगुट हुन दिन्न, एकतावद्ध एमाले बनाउने, जवजको विचारलाई नयाँ उचाईमा उठाउने, पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्देश्य, विचारलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफुलाई अध्यक्षमा निर्वाचित गर्न प्रतिनिधीहरु संग आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया