प्याब्सन कर्णालीको उपाध्यक्षमा जाजरकोटका बुढा


खलंगा । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन ( प्याब्सन) कर्णालीको उपाध्यक्षमा जाजरकोटका झलक बुढा सर्वसहमत चयन भएका छन् । आज ( शनिवार) भएको कर्णाली प्रदेश स्तरीय तेस्रो अधिवेशन बाट उपाध्यक्षमा बुढा चयन भएका हुन् ।

यस्तै अध्यक्षमा, खड्कबहादुर कुवँर, वरिष्ठ उपाध्यक्षमा सुवास कुमार थापा, उपाध्यक्षमा तोखबहादुर खत्री, सचिवमा वेदप्रकाश ढकाल, सह सचिवमा प्रकाश शाही, कोषाध्यक्षमा हरिप्रसाद रेग्मी, सह कोषाध्यक्ष, वीरबहादुर बुढाथोकी सर्वसहमत चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रविन्द्र कुमार विसी, सुरेश पुन, कमल वली चयन भएको प्याब्सन कर्णाली प्रदेश कमिटिले जनाएको छ । तेस्रो अधिवेशन उद्दघाटन सत्रमा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया