
गणेश रावत
जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला सँगै मुगु, हुम्ला, डोल्पा र कालिकोटमा मंगलबार रातिदेखि भारी हिमपात भएको छ । सोमबार देखि मौसम फेर बदली भई मंगलबार बाट हिमपात भएको हो । भारी हिमपात हुदाँ भेडा, बाख्रा चरीचरनमा समस्या भएको छ । हिमपातले हवाई सेवा र यातायात दुई तिन दिन सम्म ठप्प भए । हिउँद महिना लागे लगतै जुम्लामा चिसो बढेको थियो ।
तापक्रम माईस थियो । हिमपात हुदाँ हिमाली जिल्लामा अत्याधिक चिसो बढको स्थानियले बताए । चिसोले दृघरोगी ,जेष्ठ नागरिक, बालवालिका लाई समस्या भएको छ । बिहान बेलुका आगो ताप्ने र तातोतातो गेडागुडीको झोल खाएर चिसो बाट बच्न प्रशासनले आग्रह गरेको छ । भारी हिमपात हुदाँ चोकचोकमा दाउरा बितरण गरिएको थियो ।
जुम्ला सदरमुकाम खलंगामा एक फुट सम्म हिउँ परेको र ग्रामीण भेग तथा उच्च हिमाली भुभागमा दुई फिट सम्म जमेको छ । भारी हिमपात हुदाँ गाउँघरमा भेडा ,बाख्रा , गाई बस्तुलाई चरीचरानमा समस्या भएको स्थानिय कलबहादुर रावतले बताए । जुम्लामा तिला गाउँपालिका ६का कलबहादुर रावत बिगत एक दशक देखि भेडा पालन गर्दै आएका छन् ।
उनी अहिले पनि भेडा , बाख्रा पाल्दै आएका छन् । भेडा ,बाख्रालाई गोठमै घाँस पात हाल्ने बताए । आज भोलि हिउँले सबै घाँसपात ढाकेको छ । कार्तिकमा काटेर जम्मा पारेको घाँस हाल्ने बताए । हिमपातले अहिले जनजीवन प्रभावित भएको छ ।
एकातिर हिमपातले किसानलाई राहात भएको छ । अन्न बाली ,स्याउ ,ओखर सर्पने आशा व्यक्त गरेका छन् । अर्कातिर हिमपातले भेडा ,बाख्रा पालन किसानलाई चरिचरनमा समस्या भएको छ ।
















































। १६ पुष २०७८, शुक्रबार