महाधिवेशन प्रतिनिधिको प्रश्न: हेटौंडाको उत्पादन ब्रिगेड कता हरायो ?


नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले हेटौंडा महाधिवेशनले पारित गरेको उत्पादन ब्रिगेड कता हरायो ? भनेर नेतृत्वसमक्ष प्रश्न गरेका छन् । बिहीबारको बन्दसत्रमा गण्डकी प्रदेशका तर्फबाट नेता देवेन्द्र पौडेलले निश्कर्ष पेश गर्दै प्रतिनिधिहरुले उठाएका विषयबारे प्रस्तुति दिएका थिए । त्यसक्रममा उनले ‘हेटौडा महाधिवेशनको उत्पादन ब्रिगेड कता हरायो ? समीक्षा गरौँ’ भनेर प्रश्न गरिएको बताए ।

त्यस्तै राजनीति सेवा हो कि व्यवसाय ? प्रस्ट पार्नुपर्ने, पार्टीमा परिवार केन्द्रीत र गुट केन्द्रित प्रवृति तोड्नुपर्ने, मन्त्री बनेपछि जागिर खाने हो कि काम गर्ने ? प्रस्ट पार्नुपर्ने भन्दै प्रश्न गरिएको बताए । उनले सांसद छनोटमा विकृति आएको र एउटै व्यक्ति पटक पटक छानिएको भन्दै पार्टीको केन्द्रीय समिति समेत ठुलो भएकोमा आलोचना भइरहेको बताए ।
उनले पार्टी केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण अनिवार्य पार्टीमा बुझाउनुपर्ने व्यवस्थाको समेत माग आएको बताए ।

तपाईको प्रतिक्रिया