सल्यानमा रूखबाट खसेर महिलाको मृत्यु

सल्यान । सल्यानमा घाँस काट्न गएकी एक महिलाको रूखबाट खसेर मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका–२ डिग्रे निवासी ५४ वर्षीया भीमा घर्तीको रूखबाट लडेर मृत्यु भएको हो ।

बुधबार (हिजो) बिहान घाँस काट्न गएकी घर्ती दिउँसोसम्म पनि घर नफर्किएपछि घरपरिवारले खोजी क्रममा घरनजिकैको रूखको फेदमा मृत फेला पारेका थिए ।

घर्तीको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको र थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तपाईको प्रतिक्रिया