‘ब्राउन सुगर किन्न लागेको अवस्थामा’ र्‍यापर लाउरे पक्राउ

र्‍यापर ‘लाउरे’ पक्राउ
काठमाडौँ । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले  जानकारी दिए ।

‘लाउरेलाई ब्राउन सुगर खरिदबिक्री गर्न लागेको अवस्थामा न्युरोडबाट पक्राउ गरेका हौँ,’ एसपी थापाले भने, ‘उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने छौँ ।’ एसपी थापाले लाउरेसहित तीन जनालाई नियन्त्रणमा लिइएको बताए ।

तपाईको प्रतिक्रिया