रमाईलो मेला : सर्वाधिक पुरुस्कार राशीको खुल्ला भलिवल


जाजरकोट । जिल्लाको सदरमुकाम खलंगामा लाग्ने रमाईलो मेलामा यस पटक सर्वाधिक पुरुस्कार राशीको खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ ।

कोरोना महामारीका कारण विगतका बर्षहरुमा स्थगित भएको मेला यस बर्ष लाग्ने मेला आयोजक समितिका संयोजक अनिश कार्कीले जानकारी दिए । कार्कीले दिएको जानकारी अनुसार अहिले सम्मकै सर्वाधिक पुरुस्कार राशीको खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।

आगामी पौष १२ देखि १६ गते सम्म मेला सञ्चालन हुनेछ । भलिवल प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५ पाउने छ भने उपविजेता टीमले ८५ हजार ५ सय ५५ पाउने संयोजक कार्कीले बताए । दर्ता मिति पौष ७ गते देखि ११ गते सम्म हुनेछ । दर्ता शुल्क १० हजार रहेको छ ।

तत्कालिन राजा वीरेन्द्रको जन्मदिन पारेर २०३८ सालमा बाट लाग्दै आएको मेला शसस्त्र द्धन्द्धको क्रममा सुरक्षाको कारण देखाउँदै केही बर्ष रोकिएपछि हाल सम्म निरन्तर चल्दै आएको छ । कोरोना महामारी फैलनुभन्दा पहिले तीन पटक सम्म महोत्सव समेत सञ्चालन गरिएको थियो ।

उद्योग वाणिज्य संघ जाजरकोट र चेम्बर अफ कर्मसको आयोजनामा महोत्सव सञ्चालन गर्ने गरिन्थ्यो । अहिले पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएकोले महोत्सव सञ्चालन नगरिएको खेलकुद कमिटीका संयोजक यज्ञ बस्नेतले जानकारी दिए ।

जाजरकोटको पहिचान झल्कने रमाइलो मेला जाजरकोटकै सबैभन्दा ठुलो मेला भएको स्थानीयको भनाई छ । सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने छ । मेलामा रुकुम, दैलेख, सल्यान र डोल्पाका हजारौ दर्शकहरुको उपस्थिति रहने आकलंन गरिएको छ ।

स्थानीय उत्पादनले समेत बजार पाउने छ । होटलहरुको व्यापारमा वृद्धि भई जिल्लाको आर्थिक वृद्धिदरमा टेवा पुग्ने विश्वास लिईएको छ ।

May be an image of 4 people and text that says 'सुचना! सुचना!! सुचना!!! रमाइलो मेला २०७८ को पावन अवरसमा यहि मिति २०७८ पौष १२ देखि १६ गते सम्म राष्ट्रका लागि खेलकुद स्वास्श्यको लागी खेलकुद भन्ने मुल नाराका साथ राष्ट्रिय खेल खुल्ला पुरुष भलिबल प्रतियोगिता तपसिलको मिति र स्थानमा आयोजना गरिने करा सगर्व जानकारी गराइन्छ। तपसिल स्थान खलंगा तल्लो थाप्ले जाजरकोट टिम दर्ता मिति :२०७८ पौष ७ देखि ۹٩ गते सम्म। पुरस्कार रासी विजेता उप-विजेता ८ए,पु५५। दर्ता शुल्क: 90,0001- प्रति टिम सम्पर्क व्यक्तिहरु: यज्ञ बस्नेत (世て४६६ビビピビ), सीताराम वली (૯τ०て५०१०८७) नोट: सम्पुर्ण टिमले अनिवार्य रुपमा ज्सी र खाना बस्न आफैले व्यवस्था गर्नु पर्नेछ'

तपाईको प्रतिक्रिया