एमाले नेता गुलाब जंग शाहलाई मातृशोक


सल्यान । नेकपा एमाले नेता गुलाब जंग शाहलाई मातृशोक परेको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका–६ निवासी एमाले नेता जंग शाहको आमा झरना कुमारी शाहको सोमबार बिहान निधन भएको छ । उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।

गुलाब जंग शाह नेकपा एमालेका पोलिटव्युरो सदस्य, कर्णाली प्रदेश सह–इन्चार्ज, कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हुन् । शाहकी आमा झरणाको निधनप्रति सल्यान एमालेले दुःख व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया