कुमाखका ५९ जना विद्यार्थीले पाए न्यानो कपडा

No description available.
सल्यान । सल्यानको कुमाख गाउँपालिका ३ बाहुनचौरमा रहेको बाल जागृत विद्यालयका बालबालिकाले न्यानोे कपडा पाएका छन् ।

सल्यानी समाज दक्षिण कोरियाले पठाएका ५९ थान स्वीटर विद्यालयका कक्षा ३ सम्म पढ्ने ५९ जना विद्यार्थीले पाएका हुन । आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा नं. ३ का अध्यक्ष चित्र बहादुर बुढाथोकीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिम लाल रावतमार्फत विद्यार्थीलाई स्वीटर प्रदान गरेका हुन ।

कार्यक्रममा प्रधानाध्यापक होतिराम रावत, पुर्व विव्यस अध्यक्ष भद्र बहादुर बुढाथोकी, पुर्व शिक्षक तथा विद्यार्थी दिपकराज रावत, शिक्षक डिल्लीबहादुर थापा, पुर्व विद्यार्थी तथा पत्रकार डिल्लीराज रावत, अभिभावक कल्पना राना लगायतले धन्यवाद मन्तव्य राखेका थिए ।

उनीहरुले गाउँ बाहिर अथवा परदेशमा हुदाँ पनि आफु पढेको विद्यालयलाई सम्झेर बालबालिकाका निम्ती गरेको काम अनुकरणीय भएको भन्दै यो कुरा अरुले पनि अनुसरण गर्नुपर्ने बताएका छन । उनीहरुले बसन्त रानाका बाल्यकालका दिनहरु सम्झदै खेले खाएकोे ठाउँको पनि वर्णन गरेका थिए ।

उनीहरुले बसन्त राना लगायत उनका साथिहरुलाई धन्यवाद दिएका छन् । कार्यक्रमको संचालन बसन्तका बुवा तथा विद्यालयका शिक्षक झुपलाल रानाले गरेका थिए । हाल दक्षिण कोरियामा रहेका सल्यानका विभिन्न व्यक्तीले निर्माण गरेको सल्यानी समाजले जिल्लाका अन्य स्थानमा सहयोग गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया