नव निर्वाचित एमालेका चार केन्द्रीय सदस्य बारेकोट जाने

No description available.
खलंगा । नेकपा एमालेको दशौं महाधिवेशन बाट निर्वाचित जाजरकोटका चार केन्द्रीय सदस्य पौष १० गते बारेकोट जाने भएका छन् । बारेकोट गाउँ कमिटीले आयोजना गरेकाे केन्द्रीय सदस्यहरुलाई बधाई, सम्मान तथा स्वागत कार्यक्रममा चार वटै नव निर्वाचित केन्द्रीय सदस्य बारेकोट जाने भएका हुन् ।

नेकपा माओवादी केन्द्रको किल्ला समेत रहेको बारेकोटमा नेकपा एमालेका चार वटै केन्द्रीय सदस्य जाने भएपछि निकै महत्वका साथ लिईएको छ । केन्द्रीय सदस्यहरु डम्बरबहादुर सिंह, चन्द्रप्रकाश घर्ती ( सिपी), भैरव सुन्दर श्रेष्ठ, निरज आचार्य निर्वाचित भएपछि पहिलो पटक बारेकोट जान लागेको नेकपा एमाले बारेकोट गाउँ कमिटीले जनाएको छ ।

साथमा कर्णाली प्रदेश सभा सदस्य करवीर शाही समेत बारेकोट जान लागेका छन् । एमालेका चार केन्द्रीय सदस्य सहित नेताहरु बारेकोट जाने भएपछि अन्य दलहरु समेत कार्यकर्ता माझ जाने गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया