खड्क स्मृति कोषद्धारा बारेकोटका दुई विद्यार्थीलाई छात्रवृति

No description available.
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकाका दुई विद्यार्थीलाई छात्रवृति वितरण गरिएको छ । वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय लिम्सामा स्थापना गरिएको खड्क बहादुर रोकाय स्मृति कोषद्धारा जेहेन्दार र विपन्न विद्यार्थीलाई ५ हजार ७ सय ५० रुपैयाँका दरले छात्रवृति वितरण गरिएको हो ।

No description available.

स्वर्गीय खड्कबहादुर रोकायको स्मृतिमा स्थापना गरिएको कोषद्धारा कक्षा १० मा अध्ययनरक्त गरिमा रोकाय र कक्षा ९ का शेरबहादुर नेपालीलाई उक्त छात्रवृत्रि प्रदान गरिएको कोषका सदस्य झलक प्रकाश रोकायले जानकारी दिए ।

उनीहरुका वुवा नभएर पढाई खर्च जुटाउन मुस्किल परिरहेको थियो । स्वर्गीय खड्क रोकायले हालको वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयको २००९ सालमा स्थापना गरेका थिए ।

आफ्ना वुवाको विद्यालय प्रतिको माया सम्झेर उनका छोरा भुमिलाल रोकायले आफ्ना वावुको नाममा कोषको स्थापना गरेको शिक्षक कालिप्रसाद थापाले जानकारी दिए । प्रत्येक बर्ष गरिव, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्रि प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया