खुल्ला चौरको परीक्षा (फोटो फिचर)

May be an image of one or more people and outdoors
खलंगा । यो दृश्य भेरी नगरपालिका १ कालेगाउँको शिव माद्यामिक विद्यालयको हो । अहिले विद्यार्थीले अर्धबार्षिक परीक्षा दिईरहेका छन् । भवन अभावले यतिवेला खुल्ला चौरमा परीक्षा दिन बाध्य भएको विद्यालयका प्रधानध्यापक तिलकबहादुर खत्रीले बताए ।

May be an image of 3 people and outdoors

उनले भने, ‘सबै विद्यार्थी अट्न सक्ने क्षमताका विद्यालय भवन छैेनन्, कक्षाकोठामा पढाउने वेला विद्यार्थी अटेपनि परीक्षाको वेला अटाउन गाह्रो छ ।’ भवन र फर्निचरको अभाव भएपछि विद्यार्थी खुल्ला चौरमा परीक्षा दिन बाध्य भएको विद्यालयले जनाएको छ ।

May be an image of 2 people, outdoors and tree

यो विद्यालय उदाहरण मात्र हो । जिल्लाका अधिकांश सरकारी विद्यालयहरु भवन अभावमा अहिले खुल्ला चौरमा पढाउन र परीक्षा गराउन बाध्य छन् । स्थानीय सरकारले पूर्वाधारलाई प्राथमिकतामा राखेको भएपनि सरकारी विद्यालयका गतिला भवन बन्न सकेका छैनन् । भवन र फर्निचर नहुँदा विद्यार्थीहरु धुलोमा बस्न बाध्य भएको अभिभावकहरुका गुनासो छ ।

May be an image of one or more people and outdoors

सरकारी विद्यालयमा कतै भवन छैनन्, भएका विद्यार्थी बस्न लायक छैनन्, समस्याले झेलिरहेका सरकारी विद्यालयमा सरकारको ध्यान जान जरुरी छ ।

May be an image of 2 people, outdoors and tree

तपाईको प्रतिक्रिया