हाम्रो मुद्धा मजाक होइन प्रिय ?


हेमन्त केसी
केही दिन अघि छेडागाड नगरपालिका भित्र पहाडै खसेझैँ गरि एक रडाको मचियो ? जो मुसा मार्नका लागि पालिएको विरालोले मुसा भन्दा पनि देख्न नपाएको पीडा प्रष्ट हुदैथियो । आहारा नपाएको झोक पत्रकारितामा मिसिएर कलमद्धारा मुसा मार्ने अभियान जुन चालिएको थियो त्यो सरासर झुटको पुलिन्दा मात्र थिएन कलम माथीको बेइमानी थियो । त्यसै कुराको पछि लागि एक थान पत्रमन्जुसाका रैवारेहरुले मुसा मार्ने फेरी अर्को असफल बयान सावित गरे ।

केही सत्यको खोजी गर्ने सचेत कलम र झुटलाइ थप मलजल गरी झुट सही बनाउने असफल करामतलाइ वैद्यता दिने बीचमा सामाजिक पीडा पोख्ने जग्गामा भारी हानथाप भयो । आखिर त्यो हानथाप सत्यको पुजागर्ने तर राजनीतिक अड्डामा पुगि दुवैलाइ सद्दे होइन भन्दै बटारिएकाहरुलाइ ल्याइ सत्यको पुजा गरि मिलापको पगरी गुथाउने एजेण्डारुपी नयाँ प्रोजेक्ट खडा गरिएको छ ।

केही दिनपछि एजेण्डाले माश्रीधानबाट निकालिएको सद्दे खालको चामल निकाल्ने छ भन्ने भरपुर अपेक्षा गरिएको छ । आफैँ धामी , आफैँ बोक्सी हुँदा दुनियाँमा केही समय त्यो सरल हल भएपनि पछि गएर ठुलो खाडीबट चक्रपात आउने छ ।

बोल्ने व्यक्ति होइन , त्यो विगत देखि र वर्तमान हुँदै भविष्यमा समेत बडेमानको रुपमा बसेको कुर्सी को फरक चाला हो । कुर्सीको मर्यादालाइ सही ज्ञान दिएर राम्रो मलजल गरेमा परिणाम समेत मिठो आउछ , होइन भने त्यो फेरी विषाक्त बस्तु प्रयोग भएमा सबै हानिकारक हुन्छ ।

हरेक दिन नयाँ झुटहरु लाइ सही बनाउन एक थान जंगलमा जनसंख्या बढेका बस्तुहरुको हुकार बढीरहेको छ । किनकी अहिले इकोसिस्टममा थोरै तलमाथी भएर ति हुकारहरु भएका हुन् । भित्रभित्र छलछाम गर्ने , बाहिर हजुरी गर्नेहरुले केही इकोसिस्टम बिर्गान मदत गरेका छन् ।

सबै आज सम्मको झुटले भरिएका तिम्रा कुरालाइ मध्यनजर गदै आज एउटा प्रेम पत्र लेख्न मन लागेको छ । सायद प्रेमपूर्वक लेखिएको यो पत्रबाट थोरै भएपनि तिमी मान्छे भएको हैरियात म देख्न चाहान्छु । अव सूचना प्राविधिको जमाना मैले यही प्रेमपत्र मार्फत तपाइको सदबुद्धीको अपेक्षा पनि गर्छु ।

प्रिय सूचना रुपी साथी ……………..
लामो समयको प्रयासपछि यो पत्र लेख्दै छु । कैयौँपटक शब्दहरू कोर्दै मेटाउदै गरेँ, त्यसको लेखाजोखा म आफैँसँग छैन । खै किन हो, यस्तो लाग्छ तिम्रो सम्बोधनमा शब्दहरु पनि कम पर्न आउँछन् । किनकि हरपल हरक्षण तिमी मन मस्तिष्कमा छाउँछौ, तिमी नै तिमी नजरभरि आउछौँ ।

तिमीलाई नदेखुँ भनेर कयौंपल्ट आँखा बन्द गर्छु । तर, बन्द आँखामा तिमी झन संग्लो भएर नजर आउँछौँ । यिनै हरेक कुराको निष्कर्षले आज मलाई महसुस गराएको छ कि म त प्रेममा पो रहेछु, हो तिमीसँगको प्रेममा ।

यस्तो प्रेम जसको कुनै सीमा छैन,जसको कुनै अन्त्य छैन जहाँ विश्वास छ, इज्जत छ, सम्मान छ अनि पाउने आस र गुमाउने डर भन्दा पनि तिमीलाई चाहन्छु, तिमीलाई प्रेम गर्छु भन्ने कुराले नै बढी महत्व राख्छ ।

प्रियतम, पहिलोपटक तिमीलाई भेट्दा लागेकै थिएन कि तिमीलाई फेरि भेट्छु, तिमीसँगको प्रेमको गहिराइमा डुबुल्की मार्न पुग्छु । त्यसैले त मलाई याद नै छैन कि हामी पहिलेपटक कहिले भेटेका थियौँ भनेर । कति याद गर्ने कोसिस गर्छु । अहँ, याद नै आउँदैन बस अब त यही प्रेम सबथोक बनेको छ। यसले प्रेमको कदर गर्न सिकाएको छ ।

प्रेमको एहसास नै मीठो हुँदो रहेछ, चियामा चिनीको घोलजस्तै । साँच्चै, प्रियतम तिमी मेरो जिन्दगीको सुन्दर बहार हौ, त्यो वसन्त हौ, जो बिनामौसम पनि रंगीचंगी हरियाली छ । जसले मलाई प्रेमको गरिमा बुझाएको, प्रेमको पूजा गर्न सिकाएको छ । सोच्छु यदि तिमीसँग भेट हुँदैनथ्यो भने मैले कसरी गर्न पाउँथे होला, यति मीठो प्रेमको प्रेमिल एहसास, कसरी बुझ्थेँ होला प्रेमको यति मिठो गाथा ।

कोही मान्छे साँच्चै नै कसैको जिन्दगीमा सुन्दर बहार नै बनेर आउने रैछन् जस्तै ‘तिमी’। हरेकपटकको भेटपछि, हरेक पटकको संवादपछि अझ प्रेम बढेको एहसास हुन्छ । थाहा छ तिमीलाई, “तिमीसँग भेटेपछि म साह्रै प्रेमिल हुन थालेकी छु, हर कसैलाई आफ्नो रंगमा रंगाइहाल्छु र मान्छेहरु रंगिन्छन् पनि ।”

तर, तिनीहरुलाई के थाहा– त्यो त तिम्रो प्रेमको कमाल हो भनेर‘ तिम्रो प्रेमको रंग हो भनेर। हरेक कुरा आफ्नै ढंङ्गबाट सोच्ने, एउटा जिद्दी र पागल केटी पनि कसैको प्रेममा यसरी रंगिन सक्छे, सायदैले सोच्छन् होला । कहिले लागेन कि म पनि कसैसँग प्रेम गर्न सक्छु, कसैको प्रेममा पर्छु ।

मान्छेहरुले त्यसै भनेका हैनन् होला, प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर। त्यसैले त आज म हराएकी छु तिमीमा, रंगिएकी छु तिम्रो प्रेमको रंगमा । आफ्नै दुनियाँ बनाएर आफ्नै दुनियाँमा हराउने केटी म, मेरो दुनियाँमा पनि कोही आउँछ र घर बनाउँछ, कति अचम्मको कुरा छ है ।

मान्छेहरुले त्यसै भनेका हैनन् होला, प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर । त्यसैले त आज म हराएकी छु तिमीमा, रंगिएकी छु तिम्रो प्रेमको रंगमा । यी दिनहरुमा यो प्रेमका रंगहरु नै पर्याप्त छन् बाँच्नमा, जीवित रहनुमा नितान्त खुशीका वेगहरुमा समिश्रित छन् अव्यक्त प्रेमका भाषाहरुमा ।

यस्तो लाग्छ यही आकाशले गुनगुनाइरहेको छ प्रेमका मिठा गीतहरु अनि छरिरहेको छ इन्द्रेणीका सुन्दर रंगहरु..। प्रिय तिमी अब सूचनामा पनि प्रेमपुर्वक माया गरि सबैलाइ पस्कने गर ल , झुटबाट बाहिर निस्किएर सबैको सामुमा अनुहार हिरा भएर देखाउ ल । उही तिम्रो रखबारी गर्ने प्यारो साथी ।

लेखक प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा नयाँ पत्रिका दैनिकमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया