प्याब्सन जाजरकोटको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा खड्का

No description available.

खलंगा । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) जिल्ला कार्य समिति जाजरकोटको चौथो अधिवेशन सम्पन्न भएको छ । आज ( शनिवार) एक कार्यक्रमका वीच गोल्डेन बोर्डिङ्ग स्कुलको प्राङ्गमा उक्त अधिवेशन सम्पन्न भएको हो ।

निजी तथा आवासीय विद्यालयका पदाधिकारीहरुले स्थानीय पालिकाहरुले शिक्षा शाखा बाट प्रवाह गर्ने सेवाहरुमा आफुहरुलाई सौतेनी व्यवहारले हेर्ने गरेको, औपचारिक रुपमा शिक्षा सञ्चालन गरेको र कुनै पनि स्थानीय तहहरुले नहेरेको गुनासो गरे । पालिकाहरुले शैक्षिक गतिविधीमा समान्य कुरामा समावेश नगरेको बताए ।

उक्त गुनासो लाई सम्बोधन गर्दै शिक्षा ईकाई प्रमुख रमेश मल्लले, प्रत्येक पालिकाहरुमा कुरा राक्ने प्रतिवद्धता व्यक्त गरे । नगर उप प्रमुख भावना  भण्डारीले आफ्नो पालिका बाट आयोजना हुने प्र. अ. बैठक विभिन्न तालिम तथा गोष्ठीहरुमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरिन् ।

अधिबेशन बाट नरबहादुर खड्काको अध्यक्षतामा ७ सदस्सीय जिल्ला कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा दिपेन्द्र राज गिरी, सचिव भक्ती आचार्य र कोषाध्यक्ष नरबहादुर चन्द चयन भएको प्याब्सन जिल्ला कार्य समिति सदस्य दिनेश गौतमले जानकारी दिए ।
कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया