भगवान् बनाउने कर्णप्रसाद जैशी !

No description available.
गणेश रावत
जुम्ला ।
बाजुराको बुढीनन्दा नगरपालिका ४ लाटो कोइली घर भएका कर्ण प्रसाद जैशी अहिले जुम्लामा मुर्ति बनाईरहेका छन् । उनी सानै उमेर देखि चित्रकला रुचाउँथे । आर्थिक अभावले सधै कालापहाड ( भारत) धाउँन बाध्य भए । उनले भारतको सडकमा पाँच रुपैयाँमा ज्याला मजदुरी काम गर्न थाले । दिनको पाँच रुपैयाँले बचत गर्दै जेनतेन घरखर्च टारे । कालापहाडमै काम गर्ने शिलसिलामा उनले बिस्तारै मुर्ति बनाउँन थाले । उनले चित्रकला र मुर्तिकला सम्बन्धी कुनै पनि ज्ञान हाँसिल गरेका छैनन् । अभ्यास नै उनको ज्ञान बन्यो ।

अभ्यासले नै अहिले उनी मुर्ति, शालिक, मन्दिरका गजुर बनाउँछन् । उनले पहिलो मुर्ति जिल्ला प्रशासन कार्यालयलाई उपहार स्वरूप दिए । उनको सानै उमेरमा बिबाह भयो । घरमा राम्रो सँग खान लगाउन पुग्थेन् । त्यतिकैमा छोरा, छोरी जन्मिए । उनको काँधमा झन् जिम्मेबारी थपियो । घर खर्च छोराछोरी पढाउने पैसा नहुदाँ उनी भारत गएका थिए । उनले घरपरिवारको खुशीका लागि कालापहाड जान थाले । उनी कामको शिलसिलामा १८ पटक भारत गएर काम गरेको दुःख सम्झिदा उनको मन भकानिएर आउँने गर्छ ।

कालापहाड बाट मुर्ति बनाउन सुरुभएको यात्रा अहिले जुम्ला सदरमुकाम सम्म पुगेका छन् । उनले मुर्ति बनाउने आफ्नो सीपलाई निरन्तरता दिएका छन् । सधै कालापहाडमा आएर काम गर्नु भन्दा आफ्नै देशमा केही गरेर खाने आँट लिएर नेपाल फर्किए ।

गाउँघरमै मुर्ति बनाउन थाले । त्यसको शिलसिलामा २०७३ साल बाजुरामा जैशी मूर्तिकला केन्द्र स्थापना गर्दै मूर्ति पेशा अंगालेका हुन् । २०७४ सालमा काठमाडौं मूर्तिकला प्रदर्शनीमा उनले प्रथम स्थान हासिल गरेका थिए । उनी प्रथम हुदाँ जीवनको पहिलो सबैभन्दा धेरै खुशी मिल्यो । कालापहाड बाट मुर्ति बनाउन सुरू गरेका जैशीले अहिले आफ्नै देशमा मनग्गे आम्दानी गर्दै आएका छन् ।

पहिला पारिवारिक समस्याले कालापहाड जना बाध्य भएका जैशी अहिले आफ्नै देशमा मुर्ति बनाउँदै एक वर्षमा पाँच लाख सम्म आम्दानी गर्दै आएका छन् । उनी बुढीनन्दा नगरपालिका ४ लाटो कोइली घर भएका जैशी अहिले जुम्ला पुगेका छन् । काम गर्न सिलसिलामा उनी अहिले जुम्ला पुगेका हुन । उनको जति हातमा कला छ उतिकै मुखमा मुस्कान उस्तै छ ।

सिमेन्ट ,बालुवा बाट देवीदेवताका मुर्ति सालिक बनाउँछन् । हातमा एक जोड गोलब लगाई मुर्ति मनाउँदै आएका छन् । उनले जुम्ला आउन साथ जिल्ला प्रशासन कार्यलय र नगरपालिका लाई उपहार स्वरुप मुर्ति बनाईदिए । पहिला कालापहाड रोडको चार रूपैयाँमा काम गर्न उनी अहिले लाखौं कमाउने भएका छन् ।

आफ्नो कलाले नेपाल लाई चिनाउने उहाँको आशा छ । हाल सम्म धेरै मुर्ति बनाउँदै आएपनि कलाले सम्मान नपाएको गुनासो गरे । देशमा मुर्ति,सालिक बनाउने मान्छे बाहिरबाट ल्याने पैसा धैरै लग्ने गरेको उनले बताए । आफ्नै देशमा रहेका ब्यक्तिको कलाले मान सम्मान नपाएको दुखेसो पोखे । आफुले बनाउदा अरु बाहिर देशका व्यक्तिले लिने भन्दा ५० प्रतिशत कम लिने जानकारी दिए । देशलाई विदेशमा चिनाउने कलाको सम्मान नहुनु दुःखद पक्ष हो ।

नेपाल सरकारले कला,सीपको सम्मान नगर्दा कालापहाड,बिदेश जानु परेको उनले बताए । जैशी अहिले जुम्लामा आएको एक वर्ष पुगिसकेको छ । जुम्ला सदरमुकाम खलंगा बजारमा कोठा भाडामा लिएर बस्र्दै आएका छन् । होटलमा खाने त्यही मुर्ति बनाउने ,बेच्ने गरिरहनु भएको छ । मुर्ति अर्डर अनुसार बनाउने गरेको बताए ।

तपाईको प्रतिक्रिया