जाजरकोटमा एक वर्षमा २७ मानव अधिकार उल्लंघनका घटना भए : इन्सेक

No description available.
खलंगा । जाजरकोटमा एक वर्षको अवधिमा २७ वटा मावन अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले २०२१ जनवरीदेखि हालसम्म जाजरकोटमा भएका घटनाहरुको विवरण बारे जानकारी गराएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्व समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठले जिल्लामा भएका मानव अधिकार उलंघनका घटनाबारे जानकारी गराएका छन् ।

जसमा हत्या अन्य पक्षबाट दुई वटा, कुटपिट अन्य पक्ष बाट १२ वटा, कुटपिट राज्यपक्ष बाट १ वटा, बलात्कार, बलात्कार प्रयासका घटनाहरु ९ वटा, बहुविवाह २ वटा र अभ्रद व्यवहार राज्यपक्ष बाट १ वटा गरी २७ वटा मानव अधिकार उल्लंघनका घटना भएको श्रेष्ठले बताए ।

कार्यक्रमका सहभागीहरुले संकलित तथा अभिलेखिकरण भएका घटनाको पुर्नपुष्टि सहित थप जानकारी लिएर पुस्तकमा राख्न सुझाव दिएका छन् । सरोकारवाला निकायका प्रतिनिधिहरुले घटना भएका र अपडेट गर्नुपर्ने, छुटेका कुरालाई पनि समेटेर पुस्तकका लागि अन्तिम रुप दिन सल्लाह दिएका छन् ।

No description available.

 

No description available.

तपाईको प्रतिक्रिया