एक द्धार संकट व्यवस्थापन समिति सँग सरोकारवालाहरुको अभिमुखीकरण तालिम सम्पन्न

No description available.
गणेश रावत
जुम्ला । एक द्धार संकट व्यवस्थापन समिति ओसी. एम.सी. सँग सम्बन्धित सरोकारवालाहरुको एक दिने जिल्ला स्तरीय अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

एक दिने अभिमुखीकरण तालिममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रहेको एक द्धार संकट व्यवस्थापन समितिले गरेका काम बारेमा प्रस्ट पारिएको छ । यूनिसेफ नेपालको आर्थिक सहयोग, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहकार्य र किडार्क नेपालको आयोजनामा अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा महिला हिंसा न्यूनिकरणका लागि जुम्लाका सरोकारवालाले मुख्य भूमिका खेल्नुपर्ने कार्यक्रमका प्रशिक्षक अधिवक्ता अनिता तिमिल्सिनाले बताईन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले आगामी दिनमा यस्ता खालका कार्यक्रम गर्दा जुम्लामा रहेका सबै पालीका लाई पनि समाबेश गर्न सुझाव दिए । यस्तै, कार्यक्रका प्रशिक्षक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. अर्बिन शाक्यले नेपाल सरकारले लैंगिक हिंसाको समस्यालाई सम्बोधन गर्न ल्याईएको लैंगिक हिंसा बिरुद्ध राष्ट्रिय कार्य योजना २०१० ले गरेको व्यवस्था अनुसार अस्पतालमा आधारित एक द्धार संकट व्यवस्थापन केन्द्रको स्थापना र संचालन गर्न निर्देशन दिएको बताए ।

डा. शाक्यका अनुसार एक द्धार संकट व्यवस्थापन केन्द्र बाट हिंसामा रहेका महिलाको लागि पुर्ण रुपमा निशुल्क सेवा गराउने व्यवस्था रहेको जानकारी गराए । सशस्त्र द्धन्द्ध तथा प्राकृतिक विपदका कारण हिंसामा परेका र पर्न सक्ने महिला वा बालबालिकाको लागि एक द्धार संकट व्यवस्थापन केन्द्रले सेवा प्रदान गर्ने बताए ।

तपाईको प्रतिक्रिया