मोबाइल फोनको दुरुपयोग, बुढापाखा देखि वालबालिका सबै टिकटमा व्यस्त

मोबाइल फोनको मानव स्वास्थ्यमा असर

                                                  फाइल फाेटाे
गणेश रावत
जुम्ला ।
अहिलेको युग आधुनिक युग हो । जो साना बालबालिका देखि वृद्ध , वृद्धाहरूको हातहातमा मोबाइल फोन छन् । पहिलेको जस्तो खवर पठाउन महिना दिन लाग्दैन् । एकै छिनमा देश तथा विदेशमा रहेका आफ्mन्तजनसँग सहजै रूपमा कुरा गर्न सकिन्छ ।

हेर्दा पनि अचम्म लाग्छ । एउटा सानो ठोस बस्तु मोबाइल कसरी बोल्छ भन्ने कतिपयलाई अचम्म लाग्ने गरेको छ । पहिला गाउँघरमा नेट इन्टरनेट सेवा थिएन । जब स्थानीय तह, प्रदेश, संघमा विभाजन भएता पहिलाको भन्दा थोरै सेवा सुविधा भएका छन् । जेष्ठ नागरिकलाई पहिला रेडियो, लत्ताकपडा ,मोबाइल फोन बितरण भयो ।

तेहि मोबाइलले एक अर्का लाई सहजै सम्र्पक गर्न सकिने भयो । सबैले खबर र सुचना ओहोर दोहोर गर्न सहज हुदा मोबाइल फोनको महत्व बुझेर सबैको हातहातमा अहिले मोबाइल फोन छन् । पछिल्लो समय सबै शिक्षित हुदै जाँदा यसको महत्व पनि बढ्दै गएको छ ।

यसको सही ठाउँमा प्रयोग नहुदा विकृति फैलिदै गएको छ । मोबाइल फोनको दुरुपयोग गरेका छन् । तर राम्रो कामको लागि भन्दा पनि टिकटक,फेसवुकमै समय बिताएको अभिभावक बताउँछन् । कोरोनाले बिद्यालय बन्दा हुदाँ सहरी भेगमा नेट र दुर्गम ठाउँमा रेडियो बाट पढाई सुरु भयो । घरमा पढ्ने बाहानामा मोबाईल फोन किनेर केटाकेटी फेसबुक र च्याटमा समय फाल्दै आएका छन् । यसको महत्व नबुझि समयको उचित प्रयोग भने गरेका छैनन् ।

इन्टरनेट सेवाको दुरुपयोग गरेका छन् । पढ्ने कुरा नभएर मेसेन्जरमा गफ गरेर समय बिताएको पाईन्छ । पछिल्लो समयका बालबालिकाले इन्टरनेटको सदुपयोग गर्न सकेका छैनन् । सधै टिकटक बनाउने फोन गर्ने गरेर समय बिताउँदै आएका छन् । कोरोना भाइरस अर्थात कोभिड १९ले विद्यालय बन्द हुदाँ झनै बालबालिका छाडा हुदै गए ।

यसको कारणले बालविवाह पनि हुने गरेको ५५ बर्षिय जगत वहादुर रोकायले वताए । यसमा महत्वपूर्ण भुमिका भनेको बुवा आमाको रहेको रोकायले बताए । जति नेपाल सरकाले सेवा सुबिधा दियो त्यतिनै नागरिकले दुरुपयोग गरेका छन् । पहिलेको जमाना हेर्न हो भने अहिलेको आकाश पाताल फरक छ । पहिला हुलाक बाट चिठीपत्र पठाउँन लाई धेरै कष्टकर हुने गरेको रोकायले जानकारी दिए ।

अहिले त एक सेकेण्ड मा सारा संसार मोबाइलमा सेवा सुबिधा भएकोे बताए । अहिले मोबाइल फोन र इन्टरनेटको दुरुपयोग भएको छ । यसले विकृति फैलाएको छ । नाङ्गिएर टिकटक बनाउने समेत गरेका छन् । यसको महत्व बुझ्न जरुरी रहेको छ । सहि ठाउँमा सही समयमा प्रयोग गरे मानव जिवन परिर्वतनमा ठुलो सहयोग पुराउने भएको छ । मोबाइल फोनकै भरमा बिवाह गर्ने पनि बढेका छन् । यसले बालबिवाह ,बहुविबाह हुने गरेको हो । पढ्ने लेख्ने समय फेसबुकमा खेरा फाल्ने गरेको रोकायले वताए ।

तपाईको प्रतिक्रिया