
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका २ का दिपी नेपालीको परिवार सात बर्ष पहिले कमाई गर्न कालापार ( भारत) लागे । श्रीमान् ,श्रीमति, छोराछोरी बोकी कालापारमा राम्रो कमाई हुने आशमा गएका परिवार अहिले गाउँमा रित्तै फर्केका छन् ।
कालापारको बसाईमा उनीहरु १२ घण्टा काम गर्थे । रातदिन काम गर्दा समेत राम्रो कमाई हुन नसकेको उनको भनाई छ । उनले भनिन्, ‘कालापार अर्थात भारत दिनमा ३ सय ५० रुपैयाँ भारतीय रकम ज्याला पाउँथ्यौं, जसको नेपाली पाँच सय बराबर हुन्थ्यो ।’
अहिले नेपालमा काम गर्ने हो भने झन्डै ८ सय भन्दा बढी ज्याला पाइदोरहेछ उनले भनिन् । सात बर्ष भारतीय भुमिमा बस्नु भन्दा नेपालमै काम गर्न लागेको भए हुदोरहेछ उनले दुखेसो गरिन् । नेपाल फर्केपछि अहिले उनको साथमा छोरीका छोराछोरी र छोरी ज्वाई उनको दुःख सुखमा साथ दिन्छन् ।
न उनीहरुको जिन्दगी फेरियो न त राम्रो कमाई गरी पैसा बचाउन सके आजभोली गाउँघर तिरै जिन्दगी गुजारिरहेका छन् । उनी जस्तै सोही गाउँका नरबहादुर विकले भारतमा २८ बर्ष विताए । झन्डै तीन दशकको समय भारतमा विताएका उनी आउँदा रित्तै भाईवुहारीको घरमा फर्किए । न कमाई भयो, न उमेर बच्र्याे भारतीय नागरिकको गुलाम बनेर जवानी फालेको गुनासो पोखे ।
उनीहरु मात्र होइनन् । उनीहरु जस्तै जिल्लाका अधिंकाश नागरिकको बास्तविक पिडा हो ।
गाउँका ठेकेदारहरुले कमाई राम्रो हुन्छ भनेको भरमा उनीहरु कालापार जान्छन् तर कमाई राम्रो नभई रित्तै फर्किन्छन् । बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपाली आज भन्दा ३ बर्ष पहिले भारतमा छोराछोरी सहित सह परिवार लागे ।
कालापारमा कमाई गर्न गएका उनी परिवार पाल्न समस्या भएपछि नेपाल फर्के । अहिले आफ्नै वारीमा खेतीपाती गर्दै परिवार पाल्ने मात्र होइन तीन छोराहरुलाई पढाउँदै छन् । उनले भने, ‘भारतमा काम गर्दै गरेको भए अहिले परिवार पाल्न निकै समस्या हुने रहेछ, नेपाल फर्केर काम गरेपछि अहिले छोराछोरीलाई पढाउन सजिलो भएको छ ।’
कमाउन गएका कुलतमा
भारतीय भुमिमा गएका अधिंकाश यूवाहरु कुलतमा फसेर नेपाल फर्कने गरेका छन् । जिल्लाका अधिकांश यूवाहरु पैसा कमाउन नभई लागुऔषधमा रमाउन गएका जस्तो देखिन्छन् । बारेकोट २ का शान्तबहादुर नेपालीका भाई भारतमा कमाउन जान लागेको ३ बर्ष भयो । उनका भाईलाई रक्सी,चुरोट,गाँजा नभई हुदैन ।
उनले भने, ‘कमाउन होइन कुलतमा फस्न गएको जस्तो भयो ।’ मैले भनेको थिए भाई यतै नेपालमा केही गरौँ उता पनि कमाई हुदैन्, साथीको कुरामा लागेर गयो । अहिले रक्सी विना जिन्दगी चलाउन सक्दैन’ उनले भने ।
यस्तै, सोही गाउँका रंगवीर कामीको साथमा एक बोतल रक्सी खाली हुदैन् । उनले रक्सी नखाए जिन्दगी चलाउन नसक्ने उनका भाई बीरबहादुर कामीले बताए । गाउँबाट भारत कमाउन गएकामध्ये अधिकांश कुलतमा फसेका जनता आधारभुत विद्यालयमा प्रधानध्यापक धनबहादुर नेपालीले बताए ।
















































। १ पुष २०७८, बिहीबार