
खलंगा । राष्ट्रिय महिला भलिबल टिममा जाजरकोटकी कामना विष्ट छनौटमा परेकी छन् । बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टिममा जाजरकोटी विष्ट छनौटमा परेकी हुन् ।
उनी जाजरकोट बाट पहिलो महिला खेलाडीको रुपमा राष्ट्रिय टिममा सहभागी बनेकी छन् । जिल्लाको इतिहासमा पहिलो पटक राष्ट्रिय महिला भलिबल टिममा सहभागी भएको जिल्लाकै गौरवको कुरा भएको यूवा अनिष कार्कीले बताए ।
नेपाल भलिबल संघले (आज )आइतबार अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्सीय टिम घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरण १२ सदस्सीय टिम घोषणा गरेको हो ।
लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी छिन् । यस्तै कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेकी छिन् ।
ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ । नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो । नेपाली टिममा अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, लक्ष्मी चन्द, सलिना श्रेष्ठ रहेका छन् ।
















































। २६ मंसिर २०७८, आईतवार