
खलंगा । एक दशक पहिले सम्म भेरी नगरपालिका १ रातवगाउँका ५३ वर्षिय तिलेवादीलाई मादल वनाउने कामले भ्याई नभ्याई हुन्थ्योे । घरका सवै परिवारहरु त्यही काममा व्यस्त हुन्थ्यो । सवै मादल निर्माणको लागि आवश्यक पर्ने कच्चापदार्थहरु संकलन र निर्माणमा व्यस्त रहन्थे ।
तर अहिले अवस्था फेरिएको छ । मादलको ठाँउमा आधुनिक डेकले ठाँउ आगटेपछि उनी फुर्सदिला भएका छन् । मादल विक्रि हुन छाडेसँगै उनीहरुको मादल बनाउने पेशा पनि विस्थापित भएको छ । पुर्खाै देखिको पेशाबाट पलायन हुनुपर्दा उनको परिवारलाई दैनिक छाक टार्न समस्या भएको छ ।
सोही ठाँउका ६२ वर्षिय मर्दविर वादी पनि आफुलाई त्यतिखेर घरमा मादल वनाउन आएका ग्राहकको कारण खाने समेत फुर्सद हुदैन्थ्यो । सवै जना मादल वनाउन आउनेहरुले उनको घर भरीभराउ हुन्थ्यो । बढ्दो आधुनिकता सँगै मादल विक्री हुन छाडेपछि मादल ब्यवसाय पनि लोप हुन थालेको छ ।
उनीहरु मात्र होइन, त्यस गाउँका २० परिवार सवैको मादल वनाउने पेशा वाट नै आफ्नो जीविको पार्जनका माध्याम वनेको थियो । मादल वनाए वापत साहुबाट त्यतिखेर कतिपयले खलो (अन्न)पाएर गुजरा चलाउथे भने कतिपयले नगदै रकमदिने गर्दथे । त्यसै वाट उनीहरुको जीवनचलाउने माध्याम वनेको थियो ।
तर आजभोलि वढ्दो आधुनिकता सँगै भित्रिएका वाद्यवादनका साधनहरुले उनीहरुको मादल पेशा संकटमा परेको हो । जसले गर्दा यस जातिलाई अचेल दैनिक जीविका चलाउन मुस्किल परेको छ । चाडपर्वको वेला त्यस ठाउँमा पाँच सय बढी मादल विक्री हुने गरेका थिए तर अचेल दुई चार वटा पनि मादल विक्री नुहने वादी अगुवाहरुको भनाई छ ।
यसरी आफुहरुको मादल वनाउने पेशा संकटमा परेपछि आजभोली उनीहरु अन्य पेशा अंगाल्न वाध्य भएका छन् । कतिपय कमाईका लागि भारत जाने र अन्य व्यापार व्यवसाय गर्न थालेका छन् । मादल वनाउने पेशा संकटमा परेपछि १० बादी परिवार भारत तर्फ पलायन भैसकेका छन् । वादीअगुवा एवं भेरी नगर कार्यपालिका सदस्य वीर वहादुर वादीले भने, ‘वादीजातीको मादल बनाउने पेशालाई संरक्षण गरी संस्कृति जोगाउन सरकारले विशेष पहल गर्नुपर्छ ।’
स्थानिय सरकारले यस जातिका लागि लक्षित कार्यक्रम अन्तरर्गत वादी समुदायलाई मादल निर्माणको लागि आधुनिक मेशीन तथा औजारहरको व्यवस्थापन गरेमा यहाँ निर्माण गरेका मादललाई अन्य सकिने स्थानीयको भनाई छ । नेपाल पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष सहदेव बस्नेतले उनीहरुको समस्या समाधानका लागि सके जत्तिको पहल गर्ने बताए ।
















































। २६ मंसिर २०७८, आईतवार