
काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गन मनोनयन दर्ता गरेका उम्मेदवारहरूको पहिलो नामावली प्रकाशित गरिएको छ। शनिबार उम्मेदवारहरूको मनोनयन दर्ता भएको थियो।
निर्वाचन समितिले आइतबार उम्मेदवारहरूको पहिलो नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको छ। आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको नामावली प्रकाशित गरी सार्वजनिक गरेको हो। सोमबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ। कांग्रेसमा यसपालि ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्।
को कुन पदको उम्मेदवार ?
Page 20 of 21
















































। २६ मंसिर २०७८, आईतवार