नेकपा (विप्लव) सल्यानद्धारा दुर्घटना न्यूनिकरण गर्न अन्तरक्रिया

No description available.
खलंगा । नेपाल कम्यूनिष्ट पार्टी (विप्लव)ले दुर्घटना न्यूनिकरण गर्न सल्लीबजारमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पार्टीको एक महिने एकीकृत जनभेटघाट अभियान अन्र्तगत आज (शनिवार) वनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय संग साझेदारीमा सचेतना अन्तरक्रिया कार्यक्रम गरिएको वनगाड कुमाख ईन्चार्ज गणेश क्षेत्री ( मार्सल) ले जानकारी दिए ।

दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष एकजुट भएर रोकथामका लागि पहल गर्नुपर्ने, मुख्य दायित्व रहेको जिम्मेवार सरकार सत्ता र सम्बन्धित निकायको नै भएको क्षेत्रीले बताए ।

No description available.

नेपालको सन्दर्भमा बढी दुर्घटना सडकको स्तरउन्नति हुन सक्नु यात्रु, जेब्राक्रसिङ सबै बजार क्षेत्रमा नहुनु, यात्रुको लापरबाही, छाडा पशु चौपायाको व्यवस्थित नहुनु, इन्जीनियर र कम्पनीको पनि गुणस्तरमा समस्या, पुरानो भन्दा पुराना सवारी साधनको बढी प्रयोग गर्नु , निजी सम्पतिको बढी प्रलोभनका कारण क्षमता भन्दा बढी यात्रु राख्नु, एकाधिकार सिन्डिकेट हुनु, लागूऔषध लागू पर्दाथ सेवन गरी चलाउँदा दुर्घटना बढी भएको बताए ।

No description available.

पार्टीले अगाडि सारेको जनमत सग्रहको चुनावबाट वैज्ञानिक समाजवादको संघर्षमा सबै राष्ट्र सेवककर्मचारी बुद्धिजिबिहरुको साथ समर्थनको गर्न अपिल गरे ।

तपाईको प्रतिक्रिया