आक्रामक रुपमा प्रस्तुत हुन युवालाई अध्यक्ष प्रचण्डको निर्देशन 


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आक्रामक ढङ्गले प्रस्तुत हुन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । माओवादी केन्द्रको प्रदेश अधिवेशनलाई आज उद्घाटन गर्दै उहाँले युवा, विद्यार्थी, महिला सबै कमरेडहरूलाई आक्रामक ढङ्गले प्रस्तुत हुन आग्रह गर्नुभयो ।

उहाँले आक्राम ढङ्गमा अघि गएपछि कुनैपनि दक्षिणपन्थी, बुर्जुवा, दलालले हामीलाई केही गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले आगामी चुनावमा एक नम्बर बन्ने दावी पनि गर्नुभयो । आफूहरू फरक जातको भएको दावी गर्दै उहाँले अर्कै विरासतका मान्छे भएका कारण भेडासँग हिँड्दाहिँडदै भेडा जस्तै भयौं कि जस्तो लाग्ने गरेको पनि उल्लेख गर्नुभयो । माओवादी केन्द्रको सात भौगोलिक, उपत्यका विशेष प्रदेश र सम्पर्क प्रदेश समिति गरी ८ वटा सम्मेलन आजबाट सुरु भएको हो ।

तपाईको प्रतिक्रिया