
वीरेन्द्र शाही
नलगाड । नेकपा ( विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले नलगाड नगरपालिका स्तरीय प्रथम नगर सम्मेलन सम्पन्न गरेको छ । नगरपालिकाको दल्लीमा झण्डै चार सय विद्यार्थीहरुको उपस्थितीमा सम्मेलन सम्पन्न गरेको हो ।

‘दलाल पुँजीवादी शिक्षा प्रणालीका विरुद्ध हाम्रो आन्दोलन, सुदृढ संगठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागी प्रथम नगर सम्मेलन’ भन्ने मुल नाराका साथ नलगाडको दल्लीमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन समेत गरेको छ ।
सम्मेलन बाट अध्यक्षमा चेतन विष्ट सर्वसहमत चयन भएका छन् । यस्तै, उपाध्यक्ष सुवास सिंह, सचिब पबित्रा बिक, सदस्यहरुमा एकता उपाध्याय, गिता बिक, तिर्सना, झलक, गिता शाही, राजेन्द्र, भरत शाही, सुवास वली, खपिस सुनार, प्रतिमा ध्यार, चयन भएका छन् ।


कालिमाटी बसपार्कबाट शुरु भएको जुलुस कालिमाटी बजार हुँदै नलगाड नगरपालिकाको सभाहलमा अगाडि उद्घाटन समारोहमा परिणत भएको थियो ।
प्रमुख अथितिमा अखिल (क्रान्तिकारी ) का केन्द्रिय सचिवालय सदस्य तथा कर्णाली प्रदेश समन्वय समिती इन्चार्ज प्रेम शाही, बिशेष अथिति अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज बिराजन शाही, नेपाल कम्युनिस्ट पार्टी नलगाड नगर कमिटी सह–ईन्चार्ज प्रशान्त, अखिल (क्रान्तिकारी )जाजरकोटका पुर्ब जिल्ला उपाध्यक्ष तथा २१ औँ जिल्ला सम्मेलन आयोजक समिती संयोजक दिपेन्द्र सिंह, जनपत्रकार संगठन जाजरकोटका अध्यक्ष वीरेन्द्र शाही, युवा संगठन नेपाल जाजरकोटका उपाध्यक्ष कपिल शाही, नेपाल कम्युनिस्ट पार्टी नलगाड नगर कमिटी सचिव शंकर लगायत विभिन्न अथितिको उपस्थिति रहेको थियो ।

सम्मेलनलाई अखिल (क्रान्तिकारी) जाजरकोटका पुर्व सचिव तथा २१ औँ जिल्ला सम्मेलन आयोजक समिति सदस्य तिलक बिष्ट “शितल“ ले संचालन गरेका थिए ।
















































। २३ मंसिर २०७८, बिहीबार