जुनीचाँदे गाउँपालिकामा तालाबन्दी


खलंगा । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तालाबन्दी गरिएको छ । बालबिकास शिक्षक र बिद्यालय कर्मचारीहरुले गाउँपालिकामा तालाबन्दी गरेका हुन ।

स्थानिय सरकारले ७ हजार रुपैया थप्नु पर्ने संघीय सरकारको निर्णय तथा निर्देशन अनुसार गाउँपालिकाले नबढाएको भन्दै तालाबन्दी गरिएको अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष देवप्रकाश सिंहले बताए ।

चालु आर्थीक वर्षको बजेटमा संघीय सरकारले बजेट वक्तव्य मै बिद्यालय कर्मचारी र बाल बिकास शिक्षकहरुको न्युनतम पारिश्रमिक १५ हजार पुर्याउने उल्लेख गरेको थियो ।

२ हजार संघीय सरकारले थप्ने र ७ हजार पालिकाहरुले थपेर १५ हजार पुर्याउने भएको भएपनि जुनीचाँदे गाउँपालिकाले ७ हजार नथपेको उनीहरुको भनाई छ ।

बालबिकास शिक्षिका र बिद्यालय कर्मचारीहरुले संघीय सरकारको निर्णय तथा निर्देशन गाउँपालिकाले कार्यान्वयन नगरेमा आन्दोलनमा उत्र्ने शिक्षक संघर्ष समितिले जनाएको छ ।

साउनदेखि हाल सम्म शिक्षकले तलव पाएनन्
जुनीचाँदे गाउँपालिका अन्र्तगत अनुदानमा अध्यापन गराईरहेका शिक्षकहरुले तलव तथा सेवा सुविधा पाउन नसकेको गुनासो गरेका छन् । गाउँपालिकाको अनुदानमा विद्यालयमा पढाईरहेका शिक्षक शिक्षिकाहरुले गएको साउन देखि हाल सम्म कुनै पनि तलव नपाएको अनुदान शिक्षक तिलक बस्नेतले बताए ।

गाउँपालिकाको अनुदानमा माद्यामिक विद्यालयमा १३ जना, प्राथमिक विद्यालयका ४० जना, आधारभुत विद्यालयका १० जना, वालविकास २८ जना, कार्यालय सहयोगी ९ जनाले हाल सम्म तलव तथा सेवा सूविधा नपाएको गुनासो गरेका छन् । यता गाउँपालिकाको शिक्षा शाखामा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन् ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया